Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

साबित्रा भण्डारीले यूरोपेली क्लबबाट खेल्ने

साबित्रा भण्डारीले यूरोपेली क्लबबाट खेल्ने


  • 3.6K
    Shares

    • images
    साबित्रा भण्डारीले यूरोपेली क्लबबाट खेल्ने
    images

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टट्राइकर सावित्रा भण्डारी सावित्रा युरोपेली क्लबबाट खेल्ने भएकी छिन्।

    उनले आगामी सिजनका लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानासँग अनुबन्धन गरेकी हुन्। क्लबले मंगलबार नै सामाजिक सञ्जालमार्फत साम्बालाई अनुबन्ध गरेको जानकारी गराएको छ। 

    यरोपियन क्बबमा अनुबन्ध भएसँगै सावित्राले आफ्नो लामो समयदेखिको युरोप खेल्ने सपना पूरा हुन लागेको बताएकी छिन्। 

    ‘मेरो लामो समयदेखिको सपना पूरा हुन आँटेको छ। मलाई लाग्छ यो मेरो करिअरको अर्को खुड्किलो हो,’ उनले भनिन्, ‘यो अवसरलाई सक्दो सदुपयोग गर्नेछु।’ भारतीय शीर्ष डिभिजन लिगमा तहल्का मच्चाएसँगै उनको चर्चा थप चुलिएको थियो।

    सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन्। राष्ट्रिय टोलीबाट ४३ खेलमा ४३ गोल गरेकी साम्बा नेपालको सर्वाधिक गोलकर्ता हुन्। 

    नेपालको घरेलु फुटबलमा एकछत्र राज गरेकी उनले पहिलो पटक एसियाबाहिर खेल्न लागेकी हुन्।उनले यसअघि मालदिभ्समा पनि खेलिसकेकी छिन्।

     

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - १४:११:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij