Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

वेस्ट ह्यामले जित्यो युरोपा कन्फ्रेन्स लिगको उपाधि

वेस्ट ह्यामले जित्यो युरोपा कन्फ्रेन्स लिगको उपाधि


  • 2.5K
    Shares

    वेस्ट ह्यामले जित्यो युरोपा कन्फ्रेन्स लिगको उपाधि
    images

    युरोपा कन्फ्रेन्स लिगको उपाधि वेस्ट ह्याम युनाइटेडले जितेको छ। बुधबार राति भएको खेलमा फियोरेन्टिनालाई २–१ ले हराउँदै वेस्ट ह्यामले ४३ वर्षदेखिको प्रतीक्षा अन्त्य गरेको छ। 

    वेस्ट ह्यामको जितमा सेड बेनरहमा र जरोड बोवेनले गोल गरे। फियोरेन्टिनाका लागि जियोकोमो बोनोभेन्चुराले एक गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा भए।

    खेलको ६२औं मिनेटमा सेड बेनरहमाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए। ६७औं मिनेटमा जियाकोमो बोनोभेन्चुराको गोलमा फियोरेन्टिना बराबरीमा आयो। तर खेलको ९०औं मिनेटमा जरोड बोवेनले गोल गर्दै वेस्ट ह्यामका लागि उपाधि पक्का गरे।

    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - १०:५५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij