Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

चर्च ब्वाइज ए डिभिजन लिग खेलेको पहिलो सिजनमै बन्यो च्याम्पियन

चर्च ब्वाइज ए डिभिजन लिग खेलेको पहिलो सिजनमै बन्यो च्याम्पियन


  • 1.6K
    Shares

    • images
    चर्च ब्वाइज ए डिभिजन लिग खेलेको पहिलो सिजनमै बन्यो च्याम्पियन
    images

     चर्चा ब्वाइज युनाइटेड पहिलो सिजनमै शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ ।

    मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइजले लिगको एक खेल अगावै उपाधि जितेको हो । नेपाली घरेलु फुटबल संरचनामा सी डिभिजन छनोटदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्ने दुर्लभ इतिहास बनाउने चर्च ब्वाइज दोस्रो टिम बनेको छ ।

    यसअघि मनाङ मस्र्याङ्दी क्लबले डी देखि ए डिभिजनसम्म लगातार च्याम्पियन बनेर इतिहास बनाएको थियो । २०३९ देखि २०४३ सालसम्म मानङ डी, सी, बी र ए डिभिजन च्याम्पियन बनेको थियो । मनाङको कीर्तिमान बराबर गरेको चर्च ब्वाइज २०६६ सालमा स्थापना भएको क्लब हो ।

    सी डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल भएको यो टिमले २०७६ सालमा सी डिभिजन छनोटको उपाधि जितेको थियो । २०७७ मा सी डिभिजन, २०७८ मा बी डिभिजनको उपाधि जितेको यो टिमले यस सिजन ए डिभिजन लिगको उपाधि जितेको हो । यसपल्ट उसले लगातार दुईपल्टको साविक विजेता मछिन्द्रलाई पछि पारेर उपाधि जितेको हो । 

    मंगलबारको खेलमा बराबरीपछि डवल राउण्ड रोविन प्रणालीमा सञ्चालित  लिगमा चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाएको छ । २ खेल खेल्न बाँकी मछिन्द्रको ३९ अंक छ ।

    मछिन्द्रले बाँकी दुई खेल जितेमा र चर्च ब्वाइजले लिगको अन्तिम खेलमा जावलाखेल युथसँग पराजित भए पनि उपाधिमा असर गर्ने छैन । किनभने चर्च ब्वाइज हेड टू हेडमा मछिन्द्रभन्दा अगाडि छ ।

    चर्च ब्वाइजले लिगको २५ खेलमा १२ जित, ८ बराबरी र ४ हारको नतिजा निकालेको छ । १९ फागुनदेखि सुरु भएको लिगमा छैटौं चरणको खेलपछि प्रशिक्षक प्रदीप हुमागाईंले वर्क परमिटको समस्याका कारण राजीनामा दिएका थिए ।

    आठौं चरणको खेलदेखि बालगोपाल महर्जनले टिमको प्रशिक्षण सम्हालेका थिए । चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारको २९ अंक भएको छ र उ पुछारबाट तेस्रो स्थानमा छ ।

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - १६:१४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij