Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सोमबार १७.३८ अंकले घट्यो शेयर बजार ,१ अर्ब ९७ करोडमाथिको कारोबार

सोमबार १७.३८ अंकले घट्यो शेयर बजार ,१ अर्ब ९७ करोडमाथिको कारोबार


  • 3.0K
    Shares

    सोमबार १७.३८ अंकले घट्यो  शेयर बजार ,१ अर्ब ९७ करोडमाथिको कारोबार

    काठमाण्डौ । हिजो आइतवार ५३ अङ्कले बढेको शेयर बजार आज सोमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय एक दशमलव ९९ विन्दुमा झरेको छ । 

    आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ७७ वटा कम्पनीका ५६ लाख २० हजार कित्ता शेयर एक अर्ब ९७ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ८९ रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर साढे चार प्रतिशत तथा जोशी हाइड्रो, मेरो माइक्रोफाइनान्स, कालिका लघुवित्त र वरुण हाइड्रोको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज रिभर फल्स पावर लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

     

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १४:४१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij