Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदै

सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदै


  • 2.2K
    Shares

    • images
    सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदै
    images

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज(सोमवार) अफ्रिका जाँदैछन् ।

    आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् । राष्ट्रिय क्रिकेट टोली गत मंगलबार नै दक्षिण अफ्रिका गइसकेको छ । बलात्कार आरोपमा सर्वोच्च अदालतमा पेशी रहेका कारण लामिछाने टोलीसँग जान पाएका थिएनन् । तर, पेशी असार २९ गतेसम्मलाई सरेपछि उनी आज प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका जाने भएका हुन् ।

    लामिछानेका कानुन व्यवसायीले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो । नेपालले जेठ २५ गते स्कटल्यान्ड र जेठ २७ गते नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली जिम्बावे जानेछ ।

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - ०९:२७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij