Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सन्दीप लामिछाने सोमबार साँझ दक्षिण अफ्रिका जाने

सन्दीप लामिछाने सोमबार साँझ दक्षिण अफ्रिका जाने


  • 4.7K
    Shares

    • images
    सन्दीप लामिछाने सोमबार साँझ दक्षिण अफ्रिका जाने
    images

    काठमाडौँ । नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका छन् । विश्वकप क्यालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ ।

    नाबालिग बालात्कारको अभियोगमा उनीमाथि दायर गरिएको मुद्दा हाल न्यायालयमा विचाराधिन अवस्थामा छ । त्यसैले सन्दीप टोलीका अन्य खेलाडीसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् ।

    ‘अदालतले सन्दीपको मुद्दाको पेसी आगामी असार २९ गतेका लागि सारेको छ । हामी सबैको सामूहिक प्रयासबाट सन्दीपले विश्वकप क्वालिफायर खेल्ने भएका छन् । उनी सोमबार दक्षिण अफ्रिका प्रस्थान गर्दैछन्,’ नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले भने ।

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - १४:०२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij