२०८२ भाद्र १० गते मंगलवार
पहिको युवा क्लव र लायन्स क्लव अफ नेपाल प्याराडाईजको संयुक्त आयोजना, माट्रिका आई सेण्टरको प्राविधिक सहयोग र साथी संगी नेपाल र सौहार्ध फार्मेसीको विशेष सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
उक्त निःशुल्क शिविर निलय डाइग्नोष्टिक क्लिनिक प्रा.लि.को प्रायोजनमा काठमाडौं स्थित खुशिबुँ, पहिक्वःमा सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा आँखा, स्त्री रोग, जनरल फिजिसियन, फिजियो थेरापी र निःशुल्क ल्याब टेष्ट समावेश भएकोमा आँखातर्फ २२० जना, स्त्री रोग तर्फ ५१ जना, निःशुल्क ल्याब टेष्टतर्फ १५०, जनरल फिजिसियन तर्फ ८१ र फिजियोथेरापीतर्फ ५७ जनाले प्रत्यक्ष लाभ लिएका छन् ।
शिविरमा भाग लिएकाहरुलाई सम्वन्धीत रोगको निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।
शिविरमा निःशुल्क आँखा शिविरमा भाग लिएका मोतिबिन्दुको बिरामीलाई निःशुल्क शल्यक्रिया, चश्मा र औषधी समेत उपलब्ध हुनेछ ।
‘यस्ता शिविरले अस्पतालसम्म पहुँच नभएकाहरुलाई विशेष सहयोग पुग्ने छ ।’ क्लवका अध्यक्ष सानुराजा महर्जनले भन्नुभयो– ‘यसै कुरालाई मध्येनजर गर्दै यो शिविर संचालन गरिएको हो, अब छिट्टै अन्य रोगहरुको पनि निःशुल्क शिविर संचालन गरिनेछ ।’
शिविरमा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य माननीय गणेश पराजुलीको पनि उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij