Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

क्रिकेटर सन्दीपलाई दक्षिण अफ्रिका नपठाउने ‘लिगल टीम’को निर्णय

क्रिकेटर सन्दीपलाई दक्षिण अफ्रिका नपठाउने ‘लिगल टीम’को निर्णय


  • 4.4K
    Shares

    • images
    क्रिकेटर सन्दीपलाई दक्षिण अफ्रिका नपठाउने ‘लिगल टीम’को निर्णय
    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सहभागी नगराउने निर्णय उनको लिगल टीमले गरेको छ ।

    सन्दीपको मुद्दा सुनुवाइमा ढिलाई भएका कारण उनी नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।

    ‘मुद्दाको टुंगो नलगाई उनी नजाने हाम्रो लिगल टीमको निर्णय भयो । जिम्बावे भ्रमणबारे अझै केही निर्णय भइसकेको छैन’, घिमिरेले भने ।

    नेपालले जिम्बावेमा विश्वकप छनोट खेल्दै छ । सन्दीपविरुद्ध लागेको बलात्कारको आरोपको फैसला सुनुवाई विभिन्न बहानामा सर्दै आएको छ ।

    मंगलबारका लागि पेशी तोकिएपनि न्यायाधीशले अन्तरिम क्षतिपूर्तीको निवेदन परेकाले त्यसको निर्णय भएपछि मात्र फैसला सुनुवाई हुने बताएका थिए ।

     

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - १४:४२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij