Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

भाँडामा अण्डाको गन्ध आउँछ, यी पाँच तरिका अपनाए सजिलै हट्छ

भाँडामा अण्डाको गन्ध आउँछ, यी पाँच तरिका अपनाए सजिलै हट्छ


  • 2.2K
    Shares

    भाँडामा अण्डाको गन्ध आउँछ, यी पाँच तरिका अपनाए सजिलै हट्छ

    अण्डा फिटेको र पकाएको भाँडा माझे पनि त्यसबाट एउटा नराम्रो गन्ध आउँछ । कतिपय अवस्थामा यो हटाउन खोजे पनि सजिलै हट्दैन तर यो गन्ध हटाउन असम्भव भने छैन । केही तरिका अपनाएर भाँडाबाट अण्डाको गन्धलाई केही मिनेटमा नै हटाउन सकिन्छ । 

    भिनेगरको मद्दत लिनुहोस्

    भाँडाबाट आउने अण्डाको गन्ध हटाउनका लागि तपाईं भिनेगरको मद्दत लिन सक्नुहुन्छ । यसका लागि केही समयका लागि त्यो भाँडोलाई भिनेगर राखेको पानीमा डुबाउनुहोस् । त्यसपछि आधा घण्टापछि सफा पानीले धुनुहोस् । यसो गर्दा अण्डाको गन्ध भाँडोबाट हट्नेछ । 

    कागती र नुन प्रयोग गर्नुहोस्

    कागतीको जुस र नुन प्रयोग गर्दा पनि भाँडोबाट अण्डाको गन्ध हटाउन सकिन्छ । यसमा भएको सिट्रिक एसिडले यो कामलाई सहज बनाउँछ । यसका लागि तातो पानीमा कागतीको रस र नुन हाल्नुहोस् र यसमा भाँडोलाई केही समयका लागि डुबाउनुहोस् । त्यसपछि राम्रोसँग भाँडा माझ्नुहोस् । यसले गर्दा भाँडो एकदम सफा हुनेछ र अण्डाको गन्ध पनि हट्नेछ ।

    बेकिङ सोडाको सहयोग लिनुहोस्

    भाँडालाई अण्डाको दुर्गन्धबाट मुक्त गर्नका लागि बेकिङ सोडा पनि काम आउन सक्छ । यसका लागि तपाईंले भाँडोमा दुई चम्चा बेकिङ सोडा र पानी हालेर २० मिनेटका लागि छोडिदिनुहोस् । त्यसपछि भाँडोलाई सफा पानीले धुनुहोस् । यसले भाँडोको दुर्गन्ध हट्नेछ । साथै भाँडो राम्रोसँग सफा पनि हुनेछ ।

    चियापत्ती प्रयोग गर्नुहोस्

    अण्डाको गन्ध भाँडोबाट हटाउनका लागि चियापत्ती पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि चिया बनाएपछि बाँकी भएको चियापत्तीलाई सफा गरेर त्यो भाँडोमा राख्नुहोस् । यसो गर्दा दुर्गन्ध हट्छ । त्यसपछि यो पत्तीलाई फ्याँकिदिनुहोस् र भाँडोलाई साबुन लगाएर धुनुहोस् । 

    तातो पानीले भाँडा माझ्नुहोस्

    भाँडोलाई सफा र गन्धरहित बनाउन तपाईंले तातो पानी प्रयोग गर्न सक्नुहुन्छ । तातो पानीमा बराबर मात्रामा भिनेगर र कागतीको रस मिसाउनुहोस् । त्यसपछि यो पानीले भाँडो सफा गर्नुहोस् । यसो गर्दा पनि भाँडोबाट अण्डाको गन्ध गायब हुनेछ । 

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - १२:२०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij