Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो


  • 2.1K
    Shares

    • images
    उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो
    images

    घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा नेपाल तेस्र भएको छ। नेपालले उज्वेकिस्तानविरुद्ध ३-१ सेटको जित निकालेको हो।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा अघिल्ला दुई संस्करणको विजेता नेपाल यस पटक उज्वेकिस्तानलाई हराउँदै तेस्रो हुन सफल भएको हो। पहिलो सेट २०-२५ ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। 

    दोस्रो सेटमा २५–१६ को सहज जित निकालेको नेपालले तेस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो। चौथो तथा अन्तिम सेटमा २५–१३ को सहज जित निकाल्दै नेपाल च्यालेन्ज कपमा तेस्रो भएको हो। पराजित उज्वेकिस्तान चौथो भयो। 

    यसअघि दुई संस्करणको विजेता नेपाल सेमिफाइनल भिडन्तमा काजकस्तानसँग हारेको थियो। त्यसबेला नेपाल ३–२ को सेटमा पराजित हुँदै उपाधिमा ह्यट्रिक यात्राबाट चुकेको थियो। 

    नेपालसँग पनि पराजित उज्वेकिस्तान अघिल्लो संस्करणको उपविजेता हो। उसलाई भारतले यसअघिको सेमिफाइनल भिडन्तमा ३–० को सोझो सेटमा हराएको थियो।

    नेपालले यसअघि पनि उज्वेकिस्तानलाई हराएको थियो। अघिल्लो वर्ष बंगलादेशमा भएको दोस्रो सेन्ट्रल जोनको फाइनल भिडन्तमा नेपालले ३–२ को सेटसहित उपाधि चुमेको थियो। च्यालेन्ज कपको उपाधिका लागि आजै भारत र काजकिस्तान भिड्नेछन्। फाइनल खेल ४ बजे सुरु हुनेछ।

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - १२:१५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij