Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आईपीएलको उपाधिका लागि चेन्नाइ र गुजरात आज भिड्दै

आईपीएलको उपाधिका लागि चेन्नाइ र गुजरात आज भिड्दै


  • 1.8K
    Shares

    • images
    आईपीएलको उपाधिका लागि चेन्नाइ र गुजरात आज भिड्दै
    images

    काठमाडौं । विश्वक क्रिकेटकै चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल हुँदैछ ।

    साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने चेन्नाइ मुम्बइ इन्डियन्स समान सर्वाधिक पाँचौ उपाधि जित्ने लक्ष्यमा छ ।

    यस सिजन गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गर्दै चेन्नाइले १०औं पटक फाइनलमा स्थान बनाएको हो । तेन्नाइसँग हारे पनि अर्को मौकामा मुम्बइ इन्डियन्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै गुजरातले चेन्नाइसँग फाइनल भेट पक्का गरेको हो । गत सिजन पहिलो पटक आईपीएल खेलेको गुजरातले डेब्यु सिजनमै आईपीएल उपाधि जितेको थियो । चेन्नाइ ४१ वर्षीय कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा खेल्दैछ भने हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातले खेल्दैछ । 

    यी दुईबीचको ‘हेड टु हेड’ मा भने गुजरात अगाडि छ । चेन्नाइ र गुजरातबीच अहिलेसम्म चार खेल भएको छ । जसमा गुजरातले तीन खेल जितेको छ भने चेन्नाइले एक खेल जितेको छ ।

    गत सिजन गुजरातले दुवै खेलमा चेन्नाइलाई हराएको थियो । यस सिजन पनि घरेलु मैदानमा भएको पहिलो खेलमा गुजरातले चेन्नाइलाई पराजित गरेको थियो । चेन्नाइले घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा भने गुजरातलाई पराजित गरेको थियो ।

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - १०:३०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij