२०८२ भाद्र ८ गते आइतवार
म्युनिक । काठमाडौं किकर्स फुटबल एकेडेमीको यू-१३ टिमले भीआर बैंक कप जुनियर फिन्च्त प्रतियोगिताको पहिलो दिन शनिबार तीन खेल खेल्दैछ ।
एसभी मामेन्डर्फद्वारा आयोजित जर्मनीको ५६ वर्ष पुरानो प्रतियोगिताको एक्लो विदेशी टिमको रुपमा सहभागी काठमाडौं किकर्सले पहिलो खेलमा एसभी सिलेन्बाखविरुद्ध खेल्ने छ । त्यसपछि एससी उन्टरफाफेनहोफेनको सामना गर्ने नेपाली टिमले एफएसभी एचिङविरुद्ध पनि आजै खेल्दैछ । प्रत्येक खेल २० मिनेटको हुने छ ।
काठमाडौं किकर्स पहिलोपल्ट विदेश यात्रामा आएको हो । म्युनिकस्थित मामेन्डर्फको पाँच वटा मैदानमा २० क्लबमा ६४ टिमले विभिन्न यू-६ देखि यू-१५ सम्मका विभिन्न उमेर समूहमा लिग कम नकआउटको आधारमा तीन दिन प्रतिस्पर्धा गर्दैछन् ।
काठमाडौं किकर्स सहभागि यू-१३ मा १६ टिम छन्, जसलाई आठ–आठ टिमको दुई समूहमा विभाजन गरिएको छ । समूह चरणमा प्रत्येक टिमले सात खेल खेल्ने छन् । समूह विजेता दुई टिमले उपाधिको लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् भने समूहका दुई उपविजेता टिमले तेस्रो स्थानको लागि खेल्ने छन् । काठमाडौं किकर्स लिग चरणमा आइतबार तीन खेल खेल्ने छ भने सोमबार एक खेलमा मैदानमा ओर्लने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij