Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अल्लु अर्जुनको 'पुष्पा २' मा रणवीर सिंह

अल्लु अर्जुनको 'पुष्पा २' मा रणवीर सिंह


  • 1.8K
    Shares

    अल्लु अर्जुनको 'पुष्पा २' मा रणवीर सिंह
    images

    बलिउड अभिनेता रणवीर सिंह दक्षिण भारतीय फिल्म 'पुष्पा: द रूलु' मा देखिने भएका छन् । भारतीय सञ्चारमाध्य कोइमोइका अनुसार फिल्ममा उनी प्रहरीको भूमिकामा देखिनेछन्। तर यसबारे निर्माण टिमले आधिकारिक जानकारी दिएका छैनन्।

    निर्देशक सुकुमारले फिल्मलाई भब्य बनाउन ठूला कलाकारहरूलाई केमियो भूमिकामा ल्याउन लागेका हुन्। यसअघि फिल्ममा अभिनेता फहद फासिललाई पनि अनुबन्ध गराइएको थियो।

    हाल फिल्मको छायांकन भइरहेको छ। सन् २०२१ मा रिलिज भएको पुष्पा बक्स अफिसमा सफल भएको थियो। पुष्पा सफल भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ।

    फिल्म पुष्पामा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ। सुकुमार निर्देशित फिल्म 'पुष्पा २' मा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका छ । यो बाहेक अभिनेता रणवीर आलिया भट्टसँग फिल्म रकी और रानीकी प्रेम कहानी मा देखिनेछन्।

    प्रकाशित मिति :जेठ १० २०८० बुधवार - १६:३४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij