Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

क्रिकेट विश्वकप छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग

क्रिकेट विश्वकप छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग


  • 2.0K
    Shares

    • images
    क्रिकेट विश्वकप छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग
    images

    काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ ।

    ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ । समूहको शीर्ष तीनमा रहन सके नेपाल सुपर सिक्समा पुग्नेछ । नेपाल टिमले विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा १० दिने प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ ।

    नेपाल टिम जेठ १७ गते दक्षिण अफ्रिका प्रस्थान गर्नेछ भने २७ जेठमा उतैबाट जिम्बावे जानेछ । प्रतियोगिताअघि नेपालले कम्तिमा दुई अभ्यास खेलसमेत खेल्नेछ । नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका तय भएको छ । विश्वकप छनोटको समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

     २ चैतमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टूमा शीर्ष तीनमा रहेर नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएको हो ।

    लिग टूमा नेपालभन्दा माथि रहेका ओमान र यूएई भने समूह बीमा परेका छन् । आईसीसी सुपर लिगमा शीर्ष ८ मा परेका टिम भारतमा अक्टोबर–नोभेम्बरमा हुने विश्वकपका लागि सिधा छनोट भएका थिए । पुछारका पाँच टिम, लिग टूका शीर्ष ३ तथा विश्वकप छनोट प्लेअफबाट आएका २ टिम गरी १० टिमले विश्वकप छनोट खेल्न लागेका हुन् ।

    नेपाल रहेको समूह ए मा सुपर लिगमा अन्तिम पाँचभित्र परेका वेष्ट इण्डिज, जिम्म्बावे र नेदरल्याण्ड्स छन् ।  क्यानडा र जर्सीसमेत सम्मिलित प्लेअफ क्वालिफायर खेलेका थिए ।

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १४:१९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij