Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

अर्जेन्टिना र अष्ट्रेलियाबीचको मैत्रिपूर्ण फुटबल चीनमा हुने

अर्जेन्टिना र अष्ट्रेलियाबीचको मैत्रिपूर्ण फुटबल चीनमा हुने


  • 1.7K
    Shares

    • images
    अर्जेन्टिना र अष्ट्रेलियाबीचको मैत्रिपूर्ण फुटबल चीनमा हुने
    images

    काठमाडौं । विश्व विजेता अर्जेन्टिनाले एसियाली राष्ट्र अष्ट्रेलियासँग चीनमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

    जुन १५ मा बेइजिङ हुने उक्त खेलमा लिओनल मेसीले अर्जेन्टिनाको कप्तानी गर्नेछन् । मेसीले ६ वर्षपछि चीनमा खेल्न लागेका हुन् ।

    चीनमा रहेको अर्जेन्टिना दूतावासले विश्वकप विजेता टिमका कप्तान मेसी २०१७ पछि चीनमा खेल्न आउन लागेको रोएटर्सले उल्लेख गरेको छ ।

    ३५ वर्षीय मेसीको लागि यो सातौं चीन भ्रमण हुनेछ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आफ्नो भविष्य अनिश्चित रहेको बेला मेसी चीन भ्रमणमा जान लागेका हुन् ।

    मेसीको नजिकको स्रोत अनुसार मेसीले साउदी क्लब अल हिलालबाट अर्को सिजन खेल्नका लागि अफिसियल प्रस्ताव पाइसकेको रोएटर्सले जनाएको छ ।

    चीनको पुरुष राष्ट्रिय टोलीले संघर्ष गरिरहे पनि ठूलो फुटबल फ्यान भएको चीनमा मेसीले प्रत्येक भ्रमणमा भव्य स्वागत पाउने गरेका छन् ।

    सन् २००५ मा मेसी पहिलो पटक चीन भ्रमण गएका थिए । त्यसपछि उनले अर्जेन्टिना र पूर्व क्लब बार्सिलोनाका लागि पनि चीनमा खेलेका छन् ।

    स्पानिस क्लब बार्सिलोनाले २०१० मा भएको मैत्रीपूर्ण खेल चीनिया क्लब बेइजिङ गाओनलाई ३-० ले पराजित गरेको थियो ।

    अर्जेन्टिना र अष्ट्रेलियाबीच हुने खेल हेर्न धेरै चिनियाँ समर्थक उत्साहित रहेको बताएका छन् । ‘यही मैले टिकट प्राप्त गरेँ भने, मलाई पुरै वर्ष प्रेमिका नभएकोमा कुनै आपत्ति छैन,’ एक फ्यानले सामाजिक सञ्जालमा लेखेका छन् ।

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १२:३४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij