Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

नयाँ मिस नेपाल आए पनि प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाइने

नयाँ मिस नेपाल आए पनि प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाइने


  • 1.9K
    Shares

    नयाँ मिस नेपाल आए पनि प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाइने

    काठमाडौं । आगामी जेठ १३ गते मुलुकले नयाँ मिस नेपाल प्राप्त गर्नेछ । गत वर्षकै विजेताले विश्वसुन्दरी प्रतियोगितामा भाग लिने मितिबारे टुंगो नलाग्दाको अन्योलबीच नयाँ मिस नेपाल चुनिन लागेको हो । यो अन्योलको परिदृश्यबीच द हिडन ट्रेजरले मिस नेपाल २०२२ की विजेता प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाउने निर्णय गरेको छ ।

    आगामी साता नयाँ मिस नेपाल आउने भएपछि विश्वसुन्दरी प्रतियोगितामा कसले भाग लिने भन्नेबारे अन्योल सिर्जना भएको थियो । तर, हिडन ट्रेजर प्रियंकालाई नै मिस वर्ल्डमा पठाउने निर्देशक प्रमोद कंसाकारले जानकारी दिए । ‘प्रियंकालाई नै पठाउने हाम्रो तयारी छ । पठाइएन भने अन्याय हुन्छ,’कंसाकारले भने ।

    नयाँ आउने मिस नेपाललाई भने अर्को वर्ष पठाउने तयारी छ । मे महिनामा यूएईको दुबईमा हुने भनिएको मिस वर्ल्डको फिनाले अनिश्चितकालका लागि स्थगित भएपछि मिस नेपालको तालिका नै प्रभावित भएको हो । एक वर्ष ढिलो हुने गरेर अब सम्बन्धित मुलुकले मिस वर्ल्डमा प्रतिनिधित्व गर्नुपर्नेछ । ‘एक वर्ष ढिला भए पनि केही फरक नपर्ला, ब्युटी विथ पर्पसका लागि तयारी गर्न समय पुग्छ,’ कंसाकारले भने ।

    कोभिड संकटका कारण प्रभावित भएको मिस वर्ल्डले यसपटक भने विना कारण प्रतियोगिता स्थगन गरेको हो । मिस नेपाल २०२३ को ग्राण्ड फिनाले आगामी शनिबार आयोजना हुँदैछ ।

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - १२:४५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij