२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । एरेञ्जर राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार गरेको आवसरमा रेशराज प्रोडक्शन प्रा.लि.को आयोजनामा ‘संगीतसँग यात्रा’ कायर्मक्रम आयोजना गरिएको छ । यही २०८० जेठ ६ गते शनिबार काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा दिनको २ बजेदेखि सम्पन्न हुन गइरहेको उक्त कार्यक्रमको अवसरमा चलचित्र ‘उस्ताद जी’को टेलर सार्वजनिक गरिने कार्यक्रम पनि रहेको छ ।
वरिष्ठ कलाकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा सम्पन्न हुन लागेको उक्त कार्यक्रममा कला क्षेत्रका विभिन्न स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ गायक लाक्पा शेर्पा, वरिष्ठ साउण्ड डिजाइनर दीप रत्न तुलाधर, राष्ट्रवादी नायक÷निर्माता तथा निर्देशक नवल खड्का, वरिष्ठ गीत तथा कथाकार मीन सागर लामा, वरिष्ठ संगीतकार आभाष फुयाँल, वरिष्ठ गायक, गीतकार तथा संगीतकार नवराज जंग थापा, वरिष्ठ वाद्यवादक भरत बुढाथोकीहरूलाई सम्मान गरिनेछ ।
आयोजक संस्थाका अध्यक्ष गायक रेशम कुमार विश्वकर्माको सभापतित्वमा सम्पन्न हुने उक्त कार्यक्रमको मिडिया पार्टनरमा खबरसेण्टर, धादिङ अपडेट, जी.एस. ईण्टरटेण्टमेण्ट, स्याउली ईण्टरटेण्टमेण्ट, सु–समाचार खबर, नुवाकोट जागरण, पीटी अनलाईन, सन्देश पत्र रहेका छन् भने प्रिण्टिङ पार्टनरमा ‘मित्र प्रेस प्रा.लि.’ र साउण्ड पार्टनरमा ‘द साउण्ड गार्डेन’ रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij