२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । अन्ततः दुई महिनापछि ‘पशुपतिप्रसाद ’को दोस्रो श्रृंखला ‘भष्मे डन’ को छायांकन बिहीबार सकिएको छ । पशुपति क्षेत्रमा अन्तिम दृश्य छायांकन गर्दै फिल्मलाई इन्ड-क्ल्याप गरियो । एक महिनाको छायांकन तालिका रहे पनि दुई महिनासम्म अवधि लम्बिंदा निर्माण खर्च चार करोड पुगेको जनाइएको छ ।
निर्देशक दीपेन्द्र के खनाल र अभिनेता विपिन कार्कीले अन्तिम दिनमा क्ल्याप बोर्ड हातमा लिएर इन्ड-कल्याप भएको घोषणा गरे । ‘भोलिदेखि सम्पादनमा जुट्दैछौं,’ फिल्म प्याकअप भएपछि निर्देशक खनालले भने, ‘निर्माण लागत दोब्बर भए पनि हामीले गुणस्तरमा सम्झौता गरेका छैनौं ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij