Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अभिनेता दीलिपकी छोरी दिव्या फिल्ममा डेब्यू गर्दै

अभिनेता दीलिपकी छोरी दिव्या फिल्ममा डेब्यू गर्दै


  • 1.9K
    Shares

    अभिनेता दीलिपकी छोरी दिव्या फिल्ममा डेब्यू गर्दै
    images

    चर्चित अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् ।
    लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएकी उनले फिल्म ‘वरिष्ठ बलराम’बाट अभिनयमा डेब्यू गर्न लागेकी हुन् । यो फिल्म सुरेन्द्र पौडेलको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको हो । 

    फिल्ममा दिव्याले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्नेछिन् । फिल्मको पटकथा खगेन्द्र स्वयंले तयार पारेका हुन् । फिल्मका लागि दिव्या आगामी एक डेढ महिनाभित्रमा नेपाल आउने बताइएको छ । आगामी दसैंपछि फिल्मको छायांकन सुरु गर्ने योजना निर्माताको छ । 

    दिव्याको सुन्दरतालाई लिएर पनि नेपाली मिडियामा चर्चा हुँदै आइरहेको थियो । उनलाई यसअघि पनि धेरै फिल्मबाट अफर पुगेको थियो । यद्यपि, उनले अध्ययनका कारण अफर नकार्दै आइरहेकी थिइन् । मास्टर्स सकेर अमेरिकामा आइटी क्षेत्रमा काम गरेकी उनी अन्ततः टिम र आफ्नो चरित्र मन परेपछि भने उनी ‘वरिष्ठ बलराम’मा काम गर्न तयार भएकी हुन् ।

    अभिनेता दीलिप भने पछिल्लो समय पनि नेपाली फिल्ममा सक्रिय छन् ।उनको अभिनय रहेको फिल्म ‘परदेशी २’ आगामी दसैंमा प्रदर्शनमा आउँदैछ । 

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - ११:४६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij