२०८२ भाद्र २४ गते मंगलवार
मुम्बई– बलिउड अभिनेता ऋतिक रोशन पछिल्लो समय नयाँ प्रेममा छन् । उनी सबा आजादसंगको प्रेम सम्बन्धका कारण चर्चामा छन् ।
दुबैलाई प्रायः सार्वजनिकस्थलमा एकसाथ देख्न थालिएको छ । केहि दिनअघि दुबै जनालाई नीता अम्बानी तथा मुकेश अम्बानीको कल्चरल इभेन्टमा संगै देखिएको थियो ।
अहिले ऋतिक पुनः एकपटक चर्चामा आएका छन् । भर्खरैमात्र उनले सबाका लागि मुम्बईमा ५० करोड भारतीय रुपैयाँको भव्य घर किनिदिएको खबर अहिले उनको चर्चाको विषय बनेको छ ।
ऋतिक र सबाको सम्बन्ध छोटो समयमै बलियो भएको हो । सामाजिक सञ्जालमा समेत उनीहरु प्रायः संगै देखिनु यसको प्रमाण पनि हो । यद्यपि ऋतिक तथा सबाले भने आफ्नो सम्बन्धलाई आधिकारिक रुपमा स्वीकार भने गरेका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij