Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

८ राष्ट्र सहभागी काभा भलिबलको तयारी पूरा

८ राष्ट्र सहभागी काभा भलिबलको तयारी पूरा


  • 1.6K
    Shares

    • images
    ८ राष्ट्र सहभागी काभा भलिबलको तयारी पूरा
    images

    काठमाडौँ । नेपालमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नेपाल भलिबल संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाकारी दिएको हो । जेठ ८ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिाषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा ८ राष्ट्र सहभागी हुँदैछन् । प्रतियोगितामा आयोजक नेपालका अतिरिक्त भारत, श्रीलंका, बंगलादेश, मालदिभ्स, उज्वेकिस्तान, काजाकिस्तान र किर्गिस्तानले सहभागिता जनाउने जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  

    प्रतियोगितामा सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपाल, भारत, बंगलादेश र किर्गिस्तान रहेका छन् । यसैगरी समूह ‘बी’ मा श्रीलंका, मालदिभ्स, काजाकिस्तान र उज्वेकिस्तान परेका छन् । प्रतियोगिता सम्पन्न गर्न राखेपले सहयोग प्रदान गरेको छ । प्रतियोगिताको अन्य सहयोगीहरुमा राष्ट्रिय बाणिज्य बैंक र केल्मी नेपाल रहेका छन् । नेपाल पर्यटन बोर्ड, हायात प्यालेस, नेपाल टेलिकम, हाम्रो खेलकुद, फ्रन्टलाइन हस्पिटल र हन्ड्रेड स्पोर्टस पनि सहयोगीका रुपमा रहेका छन् ।

    प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ७१ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक पक्षको छ । प्रतियोगिता सम्पन्न गर्न आर्थिक व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा व्यवस्थापन, प्राविधिक व्यवस्थापन, समारोह व्यवस्थापन, सांस्कृतिक कार्यक्रम व्यवस्थापन, अतिथी सत्कार व्यवस्थापन, भेन्यु व्यवस्थापन, सोभिनियर व्यवस्थपान र अनुसाशन समिति गठन गरिएको छ ।  

     

    प्रकाशित मिति :जेठ १ २०८० सोमवार - १६:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij