Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल त्रिभुवन आर्मी क्लब

भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल त्रिभुवन आर्मी क्लब


  • 1.8K
    Shares

    • images
    भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल  त्रिभुवन आर्मी क्लब
    images

    राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो । 

    पाल्पाको रानीमहलमा भएको खेलमा आर्मीका दिल सुनार र दुर्गाप्रसाद महत्तोको जोडीले पुलिसका इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराएर जित हासिल गरेको हो । 

    उपाधिसहित आर्मी रु एक लाख ५० हजार र उपविजेता बनेको पुलिस रु एक लाख रकम प्राप्त गर्न सफल भएका छन् । अर्को विभागीय टोली सशस्त्र प्रहरी बलले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो स्थान ओगटेको छ । एपीएफले रु ५० हजार र कर्णालीले रु २५ हजार प्राप्त गरेको छ । आर्मीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । उहाँले रु दश हजार हात पारेको छ ।
         
    यही वैशाख २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश गरी पाँच प्रदेश, तीन विभागीय क्लब तथा आयोजक गरी नौ टोली सहभागी थिए ।
      
    राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई ‘बिच’ भलिबलको हब बनाउने उद्देश्यका साथ गत वर्षदेखि सुरुवात गरिएको हो । खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्जय मेमोरियल फाउन्डेसनले कार्यक्रम आयोजना गर्दै आएको छ । 

    प्रकाशित मिति :बैशाख ३१ २०८० आइतवार - ११:४३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij