२०८२ भाद्र १० गते मंगलवार
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्नेअवस्थाको अन्त्य गर्ने बताएका छन्।
हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले अहिले गरीबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको बताएका छन् । यस्तो अवस्थाको अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता उनले जनाए।
अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्यात्मक अवस्था भएको उल्लेख गर्दै उनले सुर्तीन्य पदार्थमा कर बढाइ सो करबाट गरीबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको उनले बताए।
आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरूले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने पनि उनको भनाइ थियो। जसको सुरुवात बाह्रबिसे नगरपालिकाबाट भइसकेको उल्लेख उनले गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij