Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बागमती सङ्घ तथा चितवन अटो डिलर्स एशोसिएशन मोटर स्पोर्टसमा २१ जनाबीच प्रतिस्पर्धी

बागमती सङ्घ तथा चितवन अटो डिलर्स एशोसिएशन मोटर स्पोर्टसमा २१ जनाबीच प्रतिस्पर्धी


  • 2.1K
    Shares

    • images
    बागमती सङ्घ तथा चितवन अटो डिलर्स एशोसिएशन मोटर स्पोर्टसमा २१ जनाबीच प्रतिस्पर्धी
    images

     नासा नेपाल बागमती सङ्घ तथा चितवन अटो डिलर्स एशोसिएशनको संयुक्त आयोजनामा हुन लागेको मोटरस्पोर्टसमा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । आज साँझबाट सुरु हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि उनीहरुले आवेदन दिएका हुन् ।

    कार्यक्रम संयोजक राजन पियाका अनुसार प्रतियोगितामा आज क्वालिफिकेसन राउण्ड हुनेछ । प्रतियोगितामा खेलकुदमध्येको एक शाहसिक एवं रोमान्चक खेल रहेको उनले बताए । जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको सो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिबार हुने आयोजकले जनाएको छ । 

    चितवनलाई शाहसिक र खेल पर्यटनको मुख्य गन्तव्य बनाउने उद्देश्यका साथ आयोजित यस प्रतियोगितामा सहभागीमध्ये १४ जना जिल्ला बाहिरका छन् । सहभागीमा दुई महिलासमेत रहेको पियाले जानकारी दिए। यस प्रतियोगितामा गाडी चलाएर खेल खेलिने छ । उनाका अनुसार च्याम्पियनसिपका विजेता एक र महिलाबाट वेष्ट टाइमिङ्का आधारमा एक जनाले आगामी नोभेम्बरमा चाइनाको ताइपेइमा हुने एसिया प्यासिफिक अटो जिमखानामा सहभागिता जनाउन पाउने छन् ।

    जेतामध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले (क्रमश) रु २७ हजार, रु नौ हजार र रु तीन हजार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा एक हजार सीसीका सबै गाडीलाई खुल्ला गरिएको उनले बताए ।

    प्रकाशित मिति :बैशाख २९ २०८० शुक्रवार - १२:४८:३८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij