Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

विक्की र श्रद्धाले गरे इन्गेजमेन्ट, बुधवार विवाह गर्दै

विक्की र श्रद्धाले गरे इन्गेजमेन्ट, बुधवार विवाह गर्दै


  • 2.3K
    Shares

    विक्की र श्रद्धाले गरे इन्गेजमेन्ट, बुधवार विवाह गर्दै
    images

    काठमाडौँ । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चिनिएका विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईं बुधवार विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूको विवाह समारोह त्रिभुवन आर्मी क्लबमा आयोजना गरिएको छ । विवाहमा परिवार, आफन्त र साथीभाइको उपस्थिति रहनेछ ।

    विवाह अगाडि सोमबार उनीहरूको मेहन्दी समारोह आयोजना भएको थियो । जसमा सेलिब्रेटीको बाक्लो उपस्थिति थियो  विक्की र श्रद्धाले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए ।  केही वर्षदेखि प्रेम सम्बन्धमा भएपनि सम्बन्धलाई लुकाउँदै आएका उनीहरुले इन्गेजमेन्ट अगाडिमात्र प्रेम सार्वजनिक गरेका थिए । ‘कमेडी च्याम्पियन’बाटै यी दुईको प्रेम अंकुराएको थियो ।

    विक्की ‘कमेडी च्याम्पियन’का फष्ट रनर अप हुन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी थिइन् । अहिले विक्की ‘कमेडी वीथ च्याम्पियन’ को निर्देशन गर्छन् । 

    प्रकाशित मिति :बैशाख २६ २०८० मंगलवार - १२:०२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij