Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

काखीको पसिना गन्हाएर तनावमा हुनुन्छ ? यी घरेलु उपाय अपनाउनुहोस्

काखीको पसिना गन्हाएर तनावमा हुनुन्छ ? यी घरेलु उपाय अपनाउनुहोस्


  • 4.0K
    Shares

    • images
    काखीको पसिना गन्हाएर तनावमा हुनुन्छ ? यी घरेलु उपाय अपनाउनुहोस्
    images

    गर्मीयाममा पसिना आउनु सामान्य हो । तर कहिलेकाहीं पसिनाबाट आउने दुर्गन्धले समस्या निम्त्याउँछ । कति पटक खुट्टा, हत्केला र काखीबाट आउने पसिनाको गन्धले अरुको अगाडि उभिन पनि लाजमर्दो बनाउँछ ।

    पसिनाको दुर्गन्धबाट राहत पाउन परफ्युम एउटा विकल्प त हुन सक्छ तर केही समयमै यसको पनि प्रभाव कम हुन पुग्छ । यस्तोमा पसिनाको दुर्गन्धबाट कसरी छुटकारा पाउने भन्ने चिन्ता धेरैलाई हुन्छ ।

    पसिना दुर्गन्धित हुने विभिन्न कारण हुन्छन् । कसैमा हर्मोनल कारणले हुन सक्छ भने कोहीमा ब्याक्टेरियाको कारणले पसिना गन्हाउँछ । त्यसैले पसिना आउनुको कारण पत्ता लगाएर त्यसको समाधान गरेपछि पसिनाको दुर्गन्ध आउन छोड्छ । केही समयको लागि पसिनाको दुर्गन्धबाट छुटकारा पाउन भने यी घरेलु उपाय अपनाउन सकिन्छ ।

    चन्दन

    शरीरको दुर्गन्ध हटाउन चन्दन प्रभावकारी हुन्छ । यसले पसिना आउने ब्याक्टेरियालाई मार्छ । चन्दनको लेप बनाएर लगाउनाले शरीरबाट पसिनाको दुर्गन्ध हट्नुका साथै पसिना आउन पनि कम गर्छ । जहाँबाट दुर्गन्ध आउँछ त्यहाँ चन्दनको लेप लगाउन सकिन्छ । यसो गर्दा पसिनाको दुर्गन्धका साथै पसिना आउन पनि कम हुन्छ ।

    गुलाब जल

    पसिनाको दुर्गन्धलाई भगाउने सबैभन्दा सजिलो तरिका हो गुलाब जल । यसका लागि नुहाउने पानीमा केही थोपा गुलाब जल मिसाउनुपर्छ । यसले शरीरमा लामो समयसम्म पसिनामा दुर्गन्ध आउन दिंदैन । यसले एक प्राकृतिक डियोड्रेन्डको काम समेत गर्छ ।

    पुदिना

    पुदिनामा धेरै औषधीय गुण हुन्छ । दैनिक नुहाउने पानीमा पुदिनाको पात मिसाउँदा शरीरमा पसिनाको दुर्गन्ध आउँदैन र शरीर फूर्तिलो पनि हुन्छ । पुदिनाले शीतलता प्रदान गर्ने भएकाले यसको सेवन पनि गर्न सकिन्छ । यसको लेप बनाएर अत्यधिक पसिना आउने ठाउँमा लगाउँदा दुर्गन्ध हट्छ ।

    निमको पात

    निमको पातले पनि शरीरमा दुर्गन्ध फैलाउन रोक्छ । दुर्गन्धको साथमा निमको पातले शरीरमा फैलिएको ब्याक्टेरियालाई समेत मेटाउँछ । यसका लागि थोरै निमको पातलाई पानीमा उमालेर पानीलाई छान्नुपर्छ । त्यसपछि नुहाउने बेलामा अरू पानीमा त्यसलाई मिसाएर नुहाउनुपर्छ । यो पानीले नुहाएमा पसिनाको दुर्गन्धबाट मुक्ति पाउन सकिन्छ ।

    कागती

    कागतीको प्रयोग पसिनाको दुर्गन्ध मेटाउने राम्रो उपाय हो । यसले छालामा रहेको पीएच लेभललाई घटाउँछ । जसले पसिनामा रहेको ब्याक्टेरिया फैलिनबाट रोकेर दुर्गन्धबाट मुक्ति दिन सहयोग गर्छ । यसका लागि कागती काटेर यसको आधा भागलाई काखीमुनि दल्नुपर्छ । कागतीको रस निचोरेर त्यसलाई नरम कपडामा राखेर पनि काखीमुनि रगड्न सकिन्छ ।

    फिटकिरी
    फिटकिरीको प्रयोग गर्नुअघि त्यसलाई अलिकति पानीमा भिजाउनुस् र पसिनाबाट दुर्गन्ध आउने ठाउँमा रगड्नुस् । दिनभरिको दुर्गन्धबाट छुटकारा पाउनुहुन्छ ।

    गोलभेंडा
    गोलभेंडामा भएको एन्टीसेप्टिक प्रोपर्टीका कारण पसिनाको दुर्गन्ध भाग्छ । अझ यसले पसिना पनि कम निकाल्छ । आठवटा गोलभेंडा लिएर त्यसलाई मजाले थिच्नुस् र रस निकाल्नुस् । त्यही रसलाई नुहाउने पानीमा हालेर नुहाउनुभयो भने ताजा पनि हुनुहुनेछ, पसिनाको दुर्गन्ध पनि हट्नेछ ।

    प्रकाशित मिति :बैशाख २५ २०८० सोमवार - १५:४६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij