२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौंँ । गायिका समीक्षा अधिकारीले आफू गलत नभएको बताएकी छन् । गायिका अधिकारीले आफू गलत नभएपनि माया लागेर बयान फेरेको अभिव्यक्ति दिएकी हुन् ।
आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएकी समिक्षाले अदालतमा बयान फेर्दै बलात्कार नभएको बताएकी थिइन् । प्रकाश सुवेदीको ‘द प्रकाश सुवेदी शो’मा कुरा गर्दै उनले आफ्नो सुरक्षाका लागि उजुरीमा गएको र पछि माया लागेकोले अदालतमा बयान फेरेको बताएकी हुन् ।
‘उहाँको टिमबाट मार्ने धम्की, दिनदिनै टर्चर गरेकोले मुद्दा हालेकोे थिएँ’, उनले अगाडि भनेकी छन् ‘आफ्नो सुरक्षाका लागि त्यो निर्णय गरेको हो ।’ त्यो समय आफ्नो दिनमै ५ वटा गीत रेकर्ड हुने बताएकी उनले टर्चरका कारण डिप्रेसनको स्थिति पनि आएको खुलाएकी छन् । अन्तरवार्तामा उनले भनेकी छन्, ‘मलाई यसले ठुलो रुप लिन्छ भनेर थाहा पनि थिएन । यति हो कि म गलत छैन ।’
उनकै बयानका आधारमा बलात्कार अभियोगमा अभियुक्तले सफाइ पाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij