Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

‘प्रसाद २’ वैशाख २८ देखि अष्ट्रेलियामा प्रसारण हुदै

‘प्रसाद २’ वैशाख २८ देखि अष्ट्रेलियामा प्रसारण हुदै


  • 2.3K
    Shares

    ‘प्रसाद २’ वैशाख २८ देखि अष्ट्रेलियामा प्रसारण हुदै

    सुदर्शन थापा निर्देशित फिल्म 'प्रसाद २' गत शुक्रबारदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। 

    फिल्मलाई कलकारहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। यसैबीच यो फिल्म अष्ट्रेलियाका विभिन्न हलमा एकसाथ प्रदर्शन हुने भएको छ। नमस्ते इन्टरटेनमेन्टका देव कार्की र गोर्खे इन्टरटेनमेन्टका रन्जितराज वन्तले ११ मेदेखि अष्ट्रेलियामा फिल्म प्रदर्शन गर्न लागेका हुन्। 

    यसअघि नमस्ते इन्टरटेनमेन्टले फिल्म ‘प्रेमगीत ३’ प्रदर्शन गरेको थियो। अष्ट्रेलियामा ‘प्रेमगीत ३’ लाई भन्दा ‘प्रसाद २’ बढी शो दिइएको छ। यो फिल्म अष्ट्रेलियाका ४० भन्दा बढी हलहरूमा प्रदर्शन हुनेछ। 

    एसजी फिल्म्स सुलभ थापा प्रोडक्सनसँग सहकार्य गर्दै फिल्म निर्माण गरेको हो। ‘प्रसाद’ बक्स अफिसमा हिट भएको थियो।

    प्रकाशित मिति :बैशाख २१ २०८० बिहिवार - १३:१९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij