२०८२ भाद्र २४ गते मंगलवार
मोडल तथा कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेल विवाह बन्धनमा बाँधिएका छन्। तीन वर्षदेखि प्रेममा रहेका उनीहरूले मंगलबार भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा बिहे गरेका हुन्।
उनीहरूको वैवाहिक समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पनि सहभागी भएका थिए। भक्तपुरको सूर्यविनायक निवासी रियाशा र काठमाडौँको गोलढुंगा निवासी भिक्टर झन्डै ३ वर्षदेखि गुपचुप प्रेम सम्बन्धमा थिए।
युट्युबमा प्रसारण हुने भिडिओ सिरिज ‘आजकालको लभ’बाट चर्चामा आएकी रियाशा पछिल्लो समय टेलिचलचित्र ‘गाह्रो छ हो’मा काम गरिरहेकी छन्। रियाशाले थुप्रै म्युजिक भिडिओमा पनि काम गरेकी छन्।
भिक्टर चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का संस्थापक हुन्। यो पेज युवापुस्ता माझ निक्कै लोकप्रिय छ। यो पेजको लोकप्रियतापछि भिक्टरले ‘रुटिने’को उपनाम पाएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij