Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

थाहा पाउनुहोस् कण्डमको प्रयोगबारे यी अनौठा तथ्य

थाहा पाउनुहोस् कण्डमको प्रयोगबारे यी अनौठा तथ्य


  • 12.2K
    Shares

    थाहा पाउनुहोस् कण्डमको प्रयोगबारे यी अनौठा तथ्य
    images

    कण्डमको प्रयोग १५ हजारवर्ष अगाडि प्रयोगमा आएको इतिहास छ । फ्रान्सका प्राचिन गुफामा मानिसले कण्डम प्रयोग गरेको १२ हजार देखि १५ हजार वर्ष पूराना चित्र भेटिएका छन् ।

    सन् १६०० तिर जनावरको आन्द्राबाट बनाइएको कण्डम सर्वप्रथम सर्वसाधारणका लागि उपलब्ध भएको थियो । तर महंगो भएका कारण तिनीहरु पटक पटक प्रयोग गरिन्थे । सन् १८३९ मा चाल्र्स गुडइयरले पहिलोपटक रबरको कण्डम विकास गरेका थिए । त्यसपछि धेरै कम्पनीले यसको सिको गरेका थिए । सन् १९५७ मा अमेरिकी कण्डम उत्पादक कम्पनी डुरेक्सले पहिलोपटक चिल्लोपदार्थसहितको कण्डम उत्पादन गर्यो ।

    मध्यपूर्वी देशमा कण्डम विभिन्न तरिकाबाट प्रयोग गरिन्छ । किसानहरुले पानी बोक्न प्रयोग गर्छन्, छानोमा चुहिने ठाउँमा प्रयोग गर्छन् र सडक मजदूरले सडकलाई चिल्लो बनाउन कण्डम प्रयोग गर्छन् । भारतको बनारस शहर साडीका लागि चर्चित मानिन्छ ।

    सरकारले निःशुल्क रुपमा वितरण गरेको कण्डम अचानक त्यहाँ निकै लोकप्रिय भएछ । यसको कारण खोज्दै जाँदा डाक्टरहरुले के पाएछन् भने कण्डम त्यहाँ साडीलाई चिल्लो बनाउन प्रयोग गरिदो रहेछ । 

    अमेरिकी सेनाले पनि कण्डम प्रयोग गर्छन्, तर, सेक्सका क्रममा होइन । उनीहरुले बगेको रगत रोक्न, पानी बोक्न, सर्जिकल ग्लोभ्सको रुपमा र बन्दुकमा बालुवालगायतका फोहोर पस्न नदिन कण्डम प्रयोग गर्छन् । एजेन्सि

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - १३:५४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij