२०८२ भाद्र ८ गते आइतवार
नेपालका लेग स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
मंगलबार सकिएको फाइनलमा सन्दीप प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका हुन्। प्रतियोगिताभर सन्दीपले ५ खेलमा १३ विकेट लिएका थिए। ब्याटिङमा ४२ रन बनाए।
प्रतियोगिताको उत्कृष्ट बलर ओमानका विलाल खान बने। बिलालले १७ विकेट लिएका थिए। यूएईका वृत्य अरविन्द उत्कृष्ट ब्याटर बने। उनले प्रतियोगिताभर ४ सय ५४ रन बनाएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij