२०८२ भाद्र २४ गते मंगलवार
प्रकाश सपूतको पछिल्लो गीत ‘सकम्बरी’ले युट्युबमा निकै लोभलाग्दो भ्युज पाइरहेको छ ।
पछिल्ला दिनमा पनि गीतको भ्युजको रफ्तार घटेको छैन । सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको गीतले अझैसम्म पनि ट्रेन्डिङको पहिलो नम्बरमै कब्जा जमाइरहेको छ । एक सातामै १ करोड भ्युज पाएर छोटो समयमा करोड क्लबमा पुग्ने गीतको कीर्तिमान कायम गरेको ‘सकम्बरी’ले दुई सातामा दुई करोड भ्युज पाएको छ ।
चर्चा र विवादकाबीच गीतले आइतवार मात्रै युट्युबमा २ करोड भ्युज पार गरेको हो । यो गीतमा प्रकाश सपूतको शब्द, संगीत र स्वर छ । प्रकाशसँगै बर्ता गन्धर्वको पनि स्वर यस गीतमा छ । सुदिप सागरले गीतको संगीत संयोजन गरेका हुन् ।
प्रकाशकै कथा एवं निर्देशनमा तयार भिडियोमा कुशुम शर्मा प्रस्तुत छिन् । उनले आफ्नो डेब्यू म्युजिक भिडियोबाटै निकै लोभलाग्दो चर्चा र प्रशंसा कमाएकी छिन् । भिडियोमा कुशुमका साथमा प्रकाश स्वयंमसँगै सुनिल थापा लगायतको समेत अभिनय छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij