Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, सन्दीपको अलराउण्ड प्रदर्शनमा नेपालको शानदार जीत

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, सन्दीपको अलराउण्ड प्रदर्शनमा नेपालको शानदार जीत


  • 2.7K
    Shares

    • images
    नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, सन्दीपको अलराउण्ड प्रदर्शनमा नेपालको शानदार जीत
    images

    काठमाडौँ । सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको हो । जीतसँगै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, कतारले २५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । सन्दीपले ९.१ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको मद्दतले सो रन बनाउन सफल भए । एकदिवसीय क्रिकेटमा सन्दीपले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो ।

    नेपालले खेलमा खराब सुरुवात गरेको थियो । नेपालले ९ रनमा दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमा कुशल भुर्तेल २ रन बनाएर आउट भए भने चौथो ओभरमा भीम सार्की ६ रन बनाएर आउट भए । दुवै विकेट गायान मुनाविराले लिएका थिए ।

    १३ औँ ओभरमा ओपनर आसिफ शेख १९ रन बनाएर आउट भए । इकरामुल्लाह खानको बलिङमा उनी पनि क्याच आउट भए । खेलको १६ औँ ओभरमा कप्तान रोहित पौडेल २७ रन बनाएर आउट हुन पुगे । 

    पाँचौ विकेटका रुपमा नेपालले कुशल मल्ललाई ३ रनमा गुमायो । त्यसपछि ११ रन बनाएर सोमपाल कामी पभिलियन फर्किए भने आरिफ शेख पनि समान रन बनाउँदै आउट भए । दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले पनि खासै कमाल देखाउन सकेनन् ।

    प्रकाशित मिति :बैशाख १४ २०८० बिहिवार - १४:२६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij