२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । आगामी शुक्रवारबाट प्रदर्शन हुने फिल्म ‘प्रसाद २’ को प्रिमियर शो सम्पन्न भएको छ। सोमवार राति काठमाडौंमा आयोजित ग्राण्ड प्रिमियर शोमा फिल्मलाई चलचित्रकर्मीहरुबाट सकरात्मक प्रतिक्रिया मिलेको छ।
प्रिमियर शोमा विभिन्न चलचित्रकर्मीदेखि ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा, लेखक सुशील पौडेल, मुख्य कलाकारहरु विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतको उपस्थिति थियो।
प्रिमियर शोमा पुगेकी अभिनेत्री रेखा थापाले फिल्म निकै राम्रो लागेको बताइन। उनले निर्देशक र फिल्मका कलाकारहरुको खुलेर तारिफ गरिन्।
‘केकीलगायत सबै कलाकारहरुको अभिनय निकै राम्रो हुन्छ। त्यसमाथि म निर्देशक सुदर्शन थापाको कामको सधै फ्यान हुँ। प्रसाद २ हेरेपछि अझै फ्यान भएँ,’ थापाले भनिन्, ‘फिल्मको कथा पनि राम्रो छ।
त्यस्तै, कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म निकै राम्रो लागेको प्रतिक्रिया दिए।
अभिनेत्री पूजा शर्माले ‘प्रसाद २’ लाई निर्देशक थापाले फिल्मी र आकर्षण तरिकाले प्रस्तुत गरेको बताइन्। फिल्मको कथाले आफूलाई बाँधेको बताउँदै उनले दर्शकलाई फिल्म हेर्न सुझाव दिइन्। रीमा विश्वकर्माले भने केकीको अभिनयको प्रशंसा गर्देँ फिल्मलाई समाजको दर्पणको रुपमा व्याख्या गरिन्।
बैशाख १५ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्म दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’को सिक्वेल हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij