२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । अभिनेता मदनकृष्ण श्रेष्ठले आइतबार ७३ औं जन्मदिन मनाएका छन् ।
उनको जन्मदिनको अवसरमा पाटन दरबार स्क्वायरमा रक्तदान कार्यक्रमको आयोजना गरियो । त्यहाँ हरिवंश आचार्य, किरण केसी लगायतको उपस्थिति थियो ।
‘रक्तदान जीवनदान’ भन्ने नारासहित मदनकृष्णले बर्थडे मनाएका हुन् । उक्त कार्यक्रममा कलाकार र सर्वसाधारणले पनि रक्तदान गरे ।
हास्य कलाकार समेत रहेका श्रेष्ठलाई सर्वसाधारणले बर्थडेको शुभकामना समेत दिएका छन् । मदनकृष्णले बर्सेनि सामाजिक कार्यक्रम गरेर जन्मदिन मनाउँदै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij