Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

‘सक्किगोनि’ जेठ ४ गतेदेखि फेरी प्रसारण हुने

‘सक्किगोनि’ जेठ ४ गतेदेखि फेरी प्रसारण हुने


  • 2.6K
    Shares

    ‘सक्किगोनि’  जेठ ४ गतेदेखि फेरी प्रसारण हुने
    images

    लोकप्रिय हाँस्यटेलिश्रृंखला ‘सक्किगोनि’ फेरी प्रसारण हुने भएको छ। आगामी जेठ सुरु हुने निर्माण टिम जेपिटी क्रिएसनले बताएको छ। लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’का अनुसार कलाकार र कथावस्तुमा हेरफेर गर्दै नयाँ सिजन ल्याउने तयारी भइरहेको छ।तेस्रो सिजनमा कुल १०४ एपिसोड प्रसारण हुने बताइएको छ।

    सक्किगोनि’लाई अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले लेखन तथा निर्देशन गर्दै आएका छन्। यसअघिको दोस्रो सिजन हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको थियो। अहिले सक्किगोनीको तेस्रो सिजनपनि हिमालय टेलिभिजनबाटै प्रसारण हुनेछ।

    सक्किगोनि’, नेपालको निकै लाकेप्रिय टेलिश्रृखंलामा पर्छ। बिशेषगरी कमेडी शैलीको यो श्रृंखला गाउँघरमा बढी लोकप्रिय छ। गाउँमा हुने गरेका बिषयलाई कथामा उतारेर सक्गिोनीमा रमाइलो ढंगबाट प्रस्तुत गरिन्छ। सक्किगोनिमा पाँडे, जिग्री, बले र कक्रोज बढी चर्चामा आएका पात्र हुन्। पाँडेको रुपमा अर्जुन घिमिरे, जिग्रीको रुपमा कुमार कट्टेल, बलेको रुपमा सागर लम्साल र कक्रोजको रुपमा हरिश निरौलाले अभिनय गर्दै आएका छन्। 

    प्रकाशित मिति :बैशाख २ २०८० शनिवार - ०६:००:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij