२०८२ भाद्र ११ गते बुधवार
नेपाल मेडिकल काउन्सिलले आउँदो वर्ष २०८० का लागि स्नातक र स्नातकोत्तर तहको लाइसेन्स परीक्षा तालिका सार्वजनिक गरेको छ ।
स्नातकको जेठ, असोज र माघमा लाइसेन्स परीक्षा हुनेछ । स्नातकोत्तरको विशेष परीक्षा साउन, मंसिर र चैतमा हुने तालिका छ ।
आउँदो वर्ष स्नातक तहको पहिलो लाइसेन्स परीक्षा जेठ १७, १८ र १९ गते हुनेछ । त्यसका लागि वैशाख ४ गतेदेखि अनलाइन फराम खुला गरिनेछ ।
योपटकको परीक्षामा विदेशी कलेजहरूमा भर्ना भई नेपालमै इन्टर्नसिप गरिरहेका विद्यार्थी पनि सहभागी हुन पाउने काउन्सिलले जनाएको छ ।
सूचना पढ्नोस्–
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij