Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

रोकियो ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन, अब रिलिज कहिले ?

रोकियो ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन, अब रिलिज कहिले ?


  • 2.4K
    Shares

    रोकियो ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन, अब रिलिज कहिले ?
    images

    फिल्म ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ । अब यो फिल्म पूर्वनिर्धारित मिति वैशाख १ गते रिलिज हुनेछैन । समयमै सेन्सर पास नहुँदा प्रदर्शन रोकिएको वितरक मनोज राठीले जानकारी दिएका छन् ।

    फिल्मलाई वैशाखभित्रै प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ । फिल्मसँग सम्बन्धित एक निर्माताको आर्थिक लेनदेनलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि बोर्डले विवादका कारण सेन्सर सिफारिस नदिएको हो ।

    ‘यो समस्यालाई चाँडै समाधान गर्ने प्रयास भइरहेको छ,’ बोर्ड सदस्य रवि अधिकारीले भने । विकास आचार्य निर्देशित फिल्ममा आँचल शर्मा, आशिर्वाद क्षेत्री र अनुभव रेग्मीको शीर्ष भूमिका छ ।

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - ११:२८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij