Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

भिरिङ्गी कस्तो रोग हो? कसरी सर्छ र उपचार के होला ?

भिरिङ्गी कस्तो रोग हो? कसरी सर्छ र उपचार के होला ?


  • 4.0K
    Shares

    • images
    भिरिङ्गी कस्तो रोग हो? कसरी सर्छ र उपचार के होला ?
    images

    ट्रेपोनेमा पल्लिडम भन्ने ब्याक्टेरियाको संक्रमणले सिफिलिस ९भिरिङ्गी० रोग लाग्छ। ट्रेपोनमा पल्लिडम १०(१३ माइक्रोन लामो हुन्छ र ०।१५ माइक्रोन चौडा हुन्छ। समयमै उपचार नभए यो रोग खतरनाक पनि हुन सक्छ।

    बीएमजे जर्नलको तथ्याङ्क हेर्दा यो रोग एकपटक सम्पर्क गर्दा सर्ने सम्भावना १० देखि ३० प्रतिशतसम्म हुन्छ र यसको व्यापकता सन् २००० देखि तीन सय प्रतिशतले बढेको छ।

    यौन अंगमा नदुख्ने खालको घाउ भएमा यो रोगको संका गर्नुपर्छ। खासै लक्षण केही नभेटिने तर विदेश जान अयोग्य घोषित भएपछि बिरामी टेकु अस्पताल आइपुग्छन्।

    यो रोग यौन सम्पर्कबाट सर्ने गर्दछ।

    यो रोग आमाबाट पेटको बच्चामा सालबाट सजिलै जान सक्छ जसले गर्दा कन्जेनाइटाल सिफिलिस भएर बच्चालाई सुस्त मनस्थिति र अरु समस्या गराउन सक्छ। छालामा कस्तो लक्षण देखिन्छ त्यो चाहिँ रोगको स्टेजमा भर पर्दछ। यसलाई अर्ली सिफिलिस र लेट सिफिलिस गरी वर्गीकरण गरिएको छ।

    अर्ली सिफिलिस:
    अर्ली सिफिलिसमा प्राइमरी, सेकेण्डरी र अर्ली ल्याटेन्ट  सिफिलिस् पर्दछ। अर्ली सिफिलिस यौन सम्पर्क भएको हप्तादेखि महिना दिनभित्र देखापर्छ भने अर्ली ल्याटेन्ट  सिफिलिस चाहिँ सम्पर्क भएको १२ महिनाभित्र देखा पर्छ।
    सेकेण्डरी सिफिलिस भएमा जिउभरी  र हत्केलामा हल्का उठेको रातो र कालो दाग देखा पर्दछ। कपाल झर्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा रातो हुने, बिर्सिने रोग लाग्न सक्छ।

    लेट सिफिलिस:
    यदि बिरामीलाई सिफिलिसको अर्ली स्टेजमा उपचार गरिएन भने यो रोग लुकेर बस्छ र यसलाई ल्याटेन्ट सिफिलिस भनिन्छ।

    यो स्टेजमा केही लक्षणहरु देखिँदैन तर पछि यसले गम्भीर समस्या ल्याउन सक्छ। मस्तिष्कमा सिफिलीसले असर गरेर न्यूरो  सिफिलीस गराउन सक्छ।

    लक्षणहरु:
    यो रोगको इन्क्युबेसन पिरियड ९ देखि ९० दिनको हुन्छ। दुखाइ नहुने खालको घाउ पिसाब गर्ने ठाउँमा, मुखभित्र , दिशा गर्ने ठाउँमा र यौन अंगमा पनि देखापर्छ। उपचार नगरे पनि त्यस्ता घाउहरू ३ देखि ६ हप्तामा आफैं ठीक हुन्छ। दुखाइ नहुने हुनाले बिरामीले खासै वास्ता नगरेको पाइन्छ। प्राइमरी  सिफिलीसको उपचार नगरे हप्तादेखि महिनादिन भित्र सेकण्डरी सिफिलीसमा जान्छन्। धेरै त्यस्ता घाउहरू यौन अंगमा देखिएमा एचआईभीको संक्रमण हुन सक्छ।

    उपचार:

    उपचार कसरी गर्ने भन्ने कुरा ब्लड टेस्ट गरेर टीपीएचए ९त्एज्ब्० र भीडीआरएल ९ख्म्च्ी०  टेष्टमा भर पर्दछ।
    अनि सिफिलिस अर्ली हो कि लेट हो त्यसमा नीर्भर रहन्छ।

    अर्ली सिफिलिसको लागि इन्ट्रामस्कुलर इन्जेक्सन बेन्जाथिन पेनिसीलिनको सिंगल डोजले पुग्छ भने लेट सिफिलिसको लागि ३ डोज इन्जेक्सन बेन्जाथिन  पेनिसीलिन १(१ हप्ताको फरकमा लगाउनुपर्छ।

    फ्लोअप हरेक ३ महिनामा गर्नु पर्दछ र ३ महिनामा ब्लड टेस्ट गरी भीडीआरएल टाइटर कति हुन्छ त्यो पनि चेक गर्नुपर्छ। उपचार गरेपछि भीडीआरएल टाइटर बिस्तारै घट्छ र नन रिएक्टिभ हुन समय लाग्छ।

    रोकथाम को लागि  के गर्ने ? 

    एक जनासँग मात्र सम्पर्क राख्ने। सुरक्षित तरिकाले कण्डमको   प्रयोग गरी सम्पर्क राख्न सकिन्छ।

    श्रीमानलाई रोग देखिएमा श्रीमतीको पनि र अरु सेक्सुअल पार्टनरको पनि कन्ट्रयाक्ट  ट्रेसिङ गरी रगतको जाँच गर्नुपर्छ र समयमा नै उपचार गर्नु पर्दछ। रोगको बारेमा जनचेतना मुलक क्रियाकलाप गर्नुपर्छ। नेपाल लाइभ बाट

    प्रकाशित मिति :चैत्र २६ २०७९ आइतवार - ११:४८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij