२०८२ भाद्र ११ गते बुधवार
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौँ राष्ट्रिय सम्मेलन यही चैत २८ र २९ गते काठमाडौँमा हुने भएको छ। ‘स्वास्थ्यका लागि अनुसन्धान कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ नाराका साथ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सम्मेलन आयोजना गर्न लागेको हो।
माइतीघरस्थित कार्की बैंक्वेटमा हुने सम्मेलनमा नेपालका ५ सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता र वैज्ञानिक तथा विभिन्न १० देशका प्रतिनिधि सहभागी हुने छन्।
परिषद्का सदस्यसचिव डा। प्रदीप ज्ञवालीका अनुसार सम्मेलनमा १ सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छन्। यस्तै १ सय ३७ मौखिक प्रस्तुति तथा ६४ पोस्टर प्रस्तुतिसमेत हुने उनले बताएका छन्।
परिषद्ले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का सदस्यसचिव डा। ज्ञवालीले अर्थ मन्त्रालयले आर्थिक मन्दीका कारण कुनै पनि सभारसम्मेलन नगर्न राज्यका सबै निकायलाई परिपत्र गरे पनि परिषद्को नियमित कार्यक्रम भएकाले अनुरोध गरेपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले यसका लागि बजेट स्वीकृत गरेको जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij