Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने


  • 2.3K
    Shares

    चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने
    images

    काठमाडौँ । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो ।

    प्रतियोगिताबारे बोर्डले एक सार्वजनिक सूचना समेत प्रकाशन गरेको छ । जसमा सहभागिका लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी वि.सं. २०८० बैशाख १० गतेसम्ममा दरखास्त सहित चलचित्र बोर्डको कार्यालयमा अथवा इमेल पेश गर्नुपर्नेछ ।

    प्रतियोगिताको लागि उपलब्ध भएका चलचित्रहरुमध्ये उत्कृष्ट तीन चलचित्रहरुले क्रमशः प्रथम, द्वितिय र तृतिय गरी घोषणा गरिनेछ । प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश रु. एक लाख पचास हजार, रु. एक लाख र रु. पचहत्तर हजार प्राप्त गर्नेछन् । पुरस्कृत चलचित्रहरुलाई बोर्डले व्यावसायिक तथा गैर व्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरु, विशेष प्रदर्शनी आदिमा सहभागी गराउनेछ ।

    प्रतियोगितामा सहभागी हुने चलचित्रहरु कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको र ५० प्रतियोगिता चलचित्रकर्मीहरु नेपाली भएको हुनुपर्नेछ । साथै, सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रहरुले मात्र भाग लिन पाउनेछन् र ती चलचित्रहरुले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ ।

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - १०:१६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij