Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

इटालीमा अंग्रेजी भाषा प्रयोग गरे एक लाख युरोसम्म जरिवाना

इटालीमा अंग्रेजी भाषा प्रयोग गरे एक लाख युरोसम्म जरिवाना


  • 1.9K
    Shares

    इटालीमा अंग्रेजी भाषा प्रयोग गरे एक लाख युरोसम्म जरिवाना
    images

    इटालीले कुनै पनि किसिमको आधिकारिक सञ्चारका लागि अंग्रेजी वा अन्य कुनै विदेशी भाषा प्रयोग गरेमा एक लाख युरोसम्म जरिवाना तिर्नुपर्ने कानुन ल्याउन लागेको छ । 

    इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको ब्रदर्स अफ इटाली पार्टीको तल्लो सदनका सदस्य फाबियो राम्पेलीले अघि सारेको यो कानुनलाई प्रधानमन्त्रीले पनि समर्थन गरेकी छन् ।

    संसदीय बहसमा जान बाँकी विधेयकले सार्वजनिक प्रशासनमा पद धारण गर्ने जो कोहीले पनि लिखित र मौखिकरुपमा इटालियन भाषा प्रयोग गर्नुपर्ने र भाषाको ज्ञानमा पोख्त हुनुपर्ने भनेको छ ।

    यो प्रस्तावित कानुनले सबै विदेशी भाषाहरू समेटे पनि विशेष गरी ‘एङ्ग्लोमेनिया’ वा अंग्रेजी शब्दहरूको प्रयोगमाथि रोक लगाएको सीएनएनले लेखेको छ ।

    मस्यौदाले अंग्रेजी शब्दहरुको प्रयोग इटालियन भाषाको अपमान भएको छ र बेलायत युरोपियन युनियन (ईयू)बाट बाहिरिएको हुँदा अंग्रेजी भाषाविरुद्ध यो मस्यौदा झनै कडारुपमा प्रस्तुत भएको छ ।

    यसले आधिकारिक कागजातहरूमा अंग्रेजीको प्रयोगलाई पनि निषेध गरेको छ । कानुनको मस्यौदाले विदेशी संस्थाहरूका सबै आन्तरिक नियम र रोजगारीसम्बन्धी सम्झौताहरूको इटालियन भाषामा पनि संस्करणहरू हुनुपर्ने भनेको छ ।

    “यो केवल फेसनको कुरा होइन, फेसनहरु हराउँछन् । तर एङ्ग्लोमेनियाले समग्र समाजमा असर पार्छ,” मस्यौदाको विधेयकमा उल्लेख छ ।

    यो कानुनले गैरइटालियन भाषाका देशहरुसँग काम गर्ने कार्यालयहरुमा समेत इटालियन भाषा नै प्राथमिक भाषा हुनुपर्ने भनेको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०७९ आइतवार - १५:३८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij