Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्ड टुर

चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्ड टुर


  • 2.4K
    Shares

    चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्ड टुर
    images

    काठमाडौं। अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिती नजिकिँदै गर्दा यस फिल्मका निर्माण टोली प्रचार प्रसारका लागि दौडधुपमा छन्।

    चलचित्र चलाऊन आज भोलि बिभिन्न पुरस्कार हरु दिएर प्रचार गर्ने चलन बढ्दो छ।यस्तै “बहाव” सिनेमा निर्माण पक्षले पनि बहाव फिल्मको टिकटमा थाइल्यान्ड को प्याकेज टुरको पुरस्कार राखेका छन्। केही दिन अगाडी चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो।

    पुरस्कार जित्न योग्य हुनका निम्ति बहाब चलचित्र को टिकट खल्ती एपमार्फत काट्नुपर्ने छ। खल्ती एप प्रयोगकर्ता को एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ। नेपालभरीबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ। खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जना भाग्यशाली ब्यक्तीले एम डि होलिडेज को तर्फबाट एक जोडीलाई थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन्।

    साथै खल्ती एपबाट टिकेट काट्दा Promocode : BAHAAB प्रयोग गरेर १०% सम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्ने छन्। सिनेमा प्रमोशनमा जोडिन पाएकोमा फिल्म बहाबको टिमलाई धन्यवाद दिँदै बिजेतालाई उत्कृस्ट सेवा प्रदान गर्न आफुहरु उत्सुक रहेको एमडी होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले बताइन्।

    यस पुरस्कार सँग जोडीएको टिकेटिङ पार्ट्नर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै,” खल्तीले यस्ता कार्यक्रमहरुलाई बढावा दिने र खक्ती एपमार्फत फिल्म हेर्ने प्रयोग कर्ताका लागि अहिलेसम्मकै ठूलो पुरस्कार राशी यो टुर प्याकेजमा रहेको कुरा खल्तिकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले जानकारी दिइन्।

    खल्ती एक नेपालको उदयमान डिजिटल वालेट र भुक्तानी गेटवे हो। यसले विभिन्न बिल भुक्तानीहरू, मोबाइल रिचार्जहरू, मनी ट्रान्सफरहरू, घरेलु रेमिटेन्स, किनमेल, चलचित्र टिकट आदिको लागि सुरक्षित र छिटो अनलाइन भुक्तानी माध्यम प्रदान गर्दछ भने एमडी ट्राभल्स बिगत ६ वर्षदेखि ट्राभल प्याकेजहरु उपलब्ध गरिरहेको एक IATA लाइसेन्स प्राप्त संस्था हो जसका प्रबन्ध निर्देशक लिला बहादुर लामा हुन्| दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज फिल्म प्रमोशनको लागि निकै प्रभावकारी हुने फिल्मका मार्केटिंग हेड सुदिप दवाडीको दाबी छ।

    प्रकाशित मिति :चैत्र १९ २०७९ आइतवार - ०९:४४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij