Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

अण्डाको पहेंलो भाग खानु राम्रो की नराम्रो ?

अण्डाको पहेंलो भाग खानु राम्रो की नराम्रो ?


  • 3.1K
    Shares

    • images
    अण्डाको पहेंलो भाग खानु राम्रो की नराम्रो ?
    images

    अण्डालाई शरीरमा पौष्टिक तत्व प्रदान गर्ने खानाकोरुपमा लिइन्छ । सन्तुलित भोजनमा पनि अण्डा खान सल्लाह दिइन्छ । प्रोटिन प्राप्त गर्नका लागि अण्डा जस्तो राम्रो खानेकुरा केही पनि हुँदैन भन्दा पनि हुन्छ ।

    पोषणविद् भन्छन्, ‘अण्डा प्रोटिनको राम्रो स्रोत हो । खानपानको सन्तुलन मिलाउन अण्डा सामेल गर्न सकिन्छ ।’ चिकित्सक भन्छन्, ‘अण्डाबाट शरीरमा जुन तत्व प्राप्त हुन्छ, त्यो हानिकारक छैन ।’

    योगगुरु भन्छन्, ‘अण्डा खानै हुन्न । निरोगी जीवनको लागि यो सही खानेकुरा होइन ।’मान्छेमा द्विविधा छ, अण्डाको पहेंलो भाग खान हुन्छ वा हुँदैन ?

    अण्डा खानेमध्ये कतिपयले पहेंलो भाग खाँदैनन् । स्वास्थ्यप्रति बढी नै सर्तकता अपनाउनेहरु हुन् वा दीर्घरोगीहरु, अण्डाको पहेंलो भाग खाँदै खाँदैनन् । अण्डाको पहेंलो भाग खाँदा खराब कोलेस्टेरोलको मात्रा बढ्छ । खासगरी मुटुरोग लागेकाहरु वा कोलेस्टोरले सताइएकाहरु अण्डाको पहेंलो भाग खाँदैनन् । के वास्तवमै अण्डाको पहेंलो भाग खानयोग्य हुन्न ?

    जसले अण्डाको पहेंलो भाग नखाएकै बेस 

    अण्डाको पहेंलो भाग खानै हुन्न भन्ने आमधारणा छ त्यो सही होइन । अण्डाको सेतो भागमा प्रोटिन हुन्छ, पहेंलो भागमा फ्याट कोलेस्टेरोल बढी हुने भएकोले उच्च रक्तचाप, कोलेस्टेरोलका बिरामी र मुटुसम्बन्धी बिरामीले भने पहेंलो भाग नखाएको राम्रो हो ।

    सामान्य स्वास्थ्य स्थितिमा

    अण्डाको पहेंलो भागमा फ्याट र कोलेस्टेरोल बढी हुने भएकोले त्यसले उच्च रक्तचापको समस्या झन् बढ्छ । स्वास्थ्यमा कुनै पनि प्रकारको समस्या नभएको व्यक्तिले त अण्डाको पहेंलो भाग खाँदा केही हुँदैन ।

    यी अवस्थामा खान हुँदैन 

    कोलेस्टेरोल, उच्च रक्तचाप, मुटुको समस्या र मिर्गौलाको समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग खानु उचित हुँदैन । खाँदै नखाने भन्दा पनि एकदम कम मात्रामा खानु राम्रो हो । यस्ता समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग सेवन गर्दा समस्या थप बढ्न सक्छन् ।

    अण्डाको असर

    अण्डा र मासुमा अमिनो एसिड भन्ने प्रोटिन हुन्छ, जुन प्रोटिन शाकाहारी खानामा पाइँदैन । त्यसैले हप्तामा दुई चोटि मासु वा अण्डा खानामा समावेश गर्नु स्वास्थ्यका लागि राम्रो हो । तर यसको धेरै सेवनले कोलेस्टेरोल, युरिक एसिड बढ्ने र प्रोटिनको मात्रा बढी भएर किड्नीलाई असर गर्ने हुनसक्छ । त्यसैले अण्डा खानै नहुने भने होइन, धेरै थोरै कति खाने भन्ने कुरामा चाहिं ध्यान दिनुपर्छ ।

    खानै नहुने केही छैन

    शारीरिक रूपमा सक्रिय व्यक्ति र धेरै व्यायाम गर्ने व्यक्तिलाई धेरै प्रोटिनको आवश्यकता पर्छ । त्यसैले पोषणविद् र फिटनेस ट्रेनरले शारीरिक रूपमा सक्रिय व्यक्तिलाई अण्डा खान सुझाउँछन् । अण्डामा खानै नहुने खालको कुनै पनि तत्त्व हुँदैन । तर खान हुन्छ भनेर धेरै मात्रामा सेवन गर्दा भने त्यसले शरीरमा असर गर्छ । दैनिक एउटा अण्डाको सेवनले शरीरमा कुनै प्रकारको असर गर्दैन ।

    मुटुरोगमा अण्डा     

    मुटुरोगको समस्या भएकाले पनि अण्डा खान मिल्छ । तर अण्डाको सेतो भाग मात्र खानु राम्रो हो । पहेंलो भागमा कोलेस्टेरोल र फ्याटको मात्रा बढी हुने भएकाले पहेंलो भाग भने नखाँदा हुन्छ । कोलेस्टेरोलको समस्या भएकाले पनि अण्डाको पहेंलो भाग नखाएर सेतो भाग खाँदा कुनै हानि गर्दैन ।

    प्रकाशित मिति :चैत्र १८ २०७९ शनिवार - १९:३१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij