२०८२ भाद्र ११ गते बुधवार
सरकारी चिकित्सकहरुले अबदेखि निजी क्लिनिकहरुमा आफ्नो नाम प्रयोग गर्न नपाउने भएका छन्।
मन्त्रालयले बुधबार एक सूचना निकाल्दै मातहतका चिकित्सकहरुलाई निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने गैरव्यवसायिक र अनैतिक कार्य नगर्न आग्रह गरेको छ।
‘स्वास्थ्य मन्त्रालय मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमध्ये केहीको नाम निजको स्वीकृति र सहमति वा सहमतिबिना नै विभिन्न निजी क्लिनिकहरुमा प्रयोग गरिरहेको भन्ने विषय विभिन्न सञ्चार माध्यमहरुबाट आइरहेको बारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ।
'नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, तथा नियमावली, २०५५, जनस्वास्थ्य सेवा ऐन २०७६ तथा नियमावली, २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २२ मा भएको चिकित्सकको आचारसंहिताको उल्ल्घंन हुने गरी कुनै पनि चिकित्सकहरुले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने जस्ता गैर व्यावसायिक र अनैतिक कार्य गर्न नहुने व्यहोरा सम्बन्धित सबै चिकित्सकका लागि सूचित गरिन्छ', मन्त्रालयले अगाडि भनेको छ।
मन्त्रालयले क्लिनिकमा काम गरेको प्रमाणित भए प्रचलित कानुनबमोजिम कारबाही गर्नेसमेत चेतावनी दिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij