Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

‘जारी’ फिल्मले प्रदर्शन अघि नै कमायो १ करोडमाथि, प्रदर्शन वैशाख एक देखि शुरु

‘जारी’ फिल्मले प्रदर्शन अघि नै कमायो १ करोडमाथि, प्रदर्शन वैशाख एक देखि शुरु


  • 2.6K
    Shares

    ‘जारी’  फिल्मले प्रदर्शन अघि नै कमायो १ करोडमाथि, प्रदर्शन वैशाख एक देखि शुरु
    images

    अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘जारी’ रिलिजअघि नै बक्स अफिसमा हिट भएको छ। यो फिल्मले रिलिजअघि नै लगानी उठाएको छ। फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन पनि तय भएको छ।

    यो फिल्म अमेरिका, अस्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा प्रदर्शन हुने पक्का भएको छ। नेपालमा प्रदर्शनअगावै विदेशबाट उच्च माग भएपछि निर्माता रामबाबु गुरुङले खुसी व्यक्त गरेका छन्। 

    उनका अनुसार अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो सातामा फिल्म रिलिज हुनेछ। क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुनेछ।

    निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरू दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लन्डनमा हुने प्रिमियरमा सहभागी हुनेछन्।अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत फिल्मले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले बताए। ‘जारी’ले प्रदर्शनअगावै निर्मातालाई नाफामा लगेको छ।

    पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमा निर्माण भएको फिल्म उपेन्द्र सुब्बाले लेखेका हुन् भने निर्देशन पनि उनैले गरेका हुन्। बाँसुरी फिल्म्‌स् ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्।

    यो फिल्म नेपालमा आगामी वैशाख १ गतेदेखि रिलिज हुँदै छ।

    प्रकाशित मिति :चैत्र १५ २०७९ बुधवार - १०:०४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij