Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सिस्नु खानुको फाइदै–फाइदा

सिस्नु खानुको फाइदै–फाइदा


  • 8.8K
    Shares

    • images
    सिस्नु खानुको फाइदै–फाइदा
    images

    के तपाईँलाई थाहा छ सिस्नुका अचुक फाइदाहरू ? हरियो पात भएका काँडे घाँसका रूपमा पनि चिनिने सिस्नु एउटा यस्तो चिज हो जसलाई हात खुट्टा वा कुनै पनि नाङ्गो शरीरले छुँदा छुँदा पोल्ने र लामो समयसम्म झमझमाउने गर्दछ । एउटा बेफाइदा भए पनि यसका धेरै फाइदा छन् ।

    यसले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । साधरणतया सिस्नुलाई हामीले तरकारीको लागि प्रयोग गर्दछौं । तर सागसब्जीको तुलनामा सिस्नुमा बढी भिटामिन पाइने चिकित्सक बताउँछन् । सिस्नुमा भिटामिन ए, सी, डी, फलाम, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक तत्त्वहरू पनि पाइने गर्दछन् । यसको सेवनले मुटु र मधुमेह सम्बन्धी हरेक समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

    कसरी खाने त ?

    हप्ताको एक दिन सिस्नु खानाले पेटमा भएका सबै विकार दिसाको माध्यमबाट बाहिर जान्छन् । जसले गर्दा हाम्रो शरीर स्वस्थ हुन्छ । सिस्नुको फूल पात, जरा, डाक्लालगायत सबै खान सकिन्छ । सिस्नुको मुना र फूललाई तरकारीको रूपमा पकाएर खान सकिन्छ । साथै यसको फूल, पात, मुन्टा सुकाएर राखेर पछिसम्म पनि खान सकिन्छ ।

    यस्ता छन् सिस्नुका फाइदा

    – शरीरका अङ्गहरूमा अनेक कारणले भएको दुखाईमा सिस्नोको सेवनले आराम दिन्छ । त्यस्तै हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ ।

    – महिलाहरुका लागि सिस्नो एकदमै उपायोगी हुन्छ किनभने यसमा पर्याप्त फलाम तत्त्व हुन्छ जसले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ । यसले कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग पु-याउँछ ।
    यतिमात्र होइन यसले गर्भिणी महिलाको पेटको बच्चालाई मजबुत पार्न र रक्तश्राव रोक्नस हयोग गर्छ । त्यति मात्र महाँ हो र ? यसले त महिलाको दूध उत्पादन र छिटै रजनोवृत्ति हुनबाट समेत रोक्छ । सिस्नोलाई ‘हर्बल टनिक्स’हरुमा महिलाहरूको योनीमा आउने बिबिरा हटाउन र मासिक धर्म नियमत होस् भन्ने प्रयोजनका लागि समेत प्रयोग गर्ने गरिन्छ ।

    – कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ । डन्डीफोरको समस्या हटाउन र टाउकोको छालामा हुने अन्य समस्या हटाउन यो वनष्पति उपयोगी छ ।

    – पाचनमा सिस्नो लाभदायक हुन्छ । रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निँदा, नाथ्री फुट्दा र मुख दुख्ने रोगमा पनि सिस्नुको सेवन लाभदायक हुन्छ ।

    – त्यस्तै मुत्रनलीमा हुने अवरोध हटाउनमा पनि सिस्नो सहायक रहन्छ ।

    – बर्खे ज्वरोमा समेत सिस्नोको सेवनले लाभ पु-याउँछ । यसका लागि सिस्नोको सुप उपयोगी हुने डाक्टरहरुको सल्लाह छ ।

    – अपचमा पनि सिस्नो सेवन लाभकारी छ । यसमा रहेको रेसाले आन्द्रामा अड्केका बिकारलाई सहजै तानेर मलद्वारतर्फ खिच्छ ।

    – सिस्नोमा पोषणको भीषण योग हुन्छ । भिटामिन, मिनरल, बेटा कारोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क यसमा भएका हुनाले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुसँग सिस्नो सधैँ नै सो भिडिरहेको हुन्छ ।

    प्रकाशित मिति :चैत्र १४ २०७९ मंगलवार - १८:५०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij