Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

धेरै पानी पिउँदा पनि हुन सक्छ यस्तो नोक्सान

धेरै पानी पिउँदा पनि हुन सक्छ यस्तो नोक्सान


  • 2.1K
    Shares

    • images
    धेरै पानी पिउँदा पनि हुन सक्छ यस्तो नोक्सान
    images

    जे चीज पनि आवश्यक भन्दा धेरै नोक्सानदायक नै हुन्छ । त्यसरी नै आवश्यक भन्दा धेरै पानी पिउनु पनि स्वास्थ्यका लागि हानीकारक हुन्छ । यसले शरीरमा कैयौं प्रकारका समस्या निम्त्याउन सक्छ ।

    पेट फुल्लिने समस्या

    पानीको मात्रा धेरै भएमा पेट फुल्ने समस्या हुन सक्छ । जसले गर्दा वान्ता हुने, टाउको दुख्ने जस्ता समस्या देखिन सक्छ । कतिपय अवस्थामा यस्तो स्थिति गम्भीर पनि बन्न सक्छ ।

    मिर्गौलाका लागि हानिकारक

    एकदमै धेरै पानी पिउँदा मिर्गौलाले आफ्नो काम सही तरिकाले गर्न सक्दैन । जसले गर्दा मिर्गौलामा समस्या हुन सक्छ । त्यसैले आवश्यकता भन्दा धेरै पानी पिउनु हुँदैन ।

    हृदयघात

    एकदमै धेरै पानी पिउँदा शरीरमा रगत बढ्छ जसको सिधै असर मुटुमा हुन्छ । जसले गर्दा हृदयघात जस्तो समस्या पनि देखिन सक्छ ।

    कमजोर कलेजो

    आवश्यकता भन्दा धेरै नै पानी पिउँदा कलेजो कमजोर हुन सक्छ । त्यसैले २४ घण्टामा ३ लिटर भन्दा धेरै पानी पिउँनु हुँदैन ।

    मस्तिष्कमा असर

    एकदमै धेरै पानी पिउँदा मस्तिष्कका कोषिका सुन्निने समस्या देखिन सक्छ । जसले गर्दा टाउको दुख्ने, आफ्नो कुरा राम्रोसँग भन्न नसक्ने जस्ता समस्याहरु देखिन सक्छन् ।

    तौल बढाउँछ

    एकदमै धेरै पानी पिउँदा शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन बिग्रन्छ जसले गर्दा तौल बढ्ने समस्या हुन सक्छ ।

    पानी पिउने सही तरिका

    दिनहुँ यानिकी २४ घण्टाभित्र ३ लिटर पानी पिउनु स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । साथै यो कुराको ख्याल गर्नुपर्दछ खाना खाएको तुरुन्तै पछि पानी पिउनु हुँदैन ।

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - १३:३८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij