Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

काजुको फाइदा: दाँत र हड्डी बलियोदेखि यौन क्षमता बढाउनसम्म

काजुको फाइदा: दाँत र हड्डी बलियोदेखि यौन क्षमता बढाउनसम्म


  • 3.2K
    Shares

    • images
    काजुको फाइदा: दाँत र हड्डी बलियोदेखि यौन क्षमता बढाउनसम्म
    images

    ड्राइफुट्सको राजा नै मानिन्छ काजुलाई । यो महँगो त छँदैछ, निकै लाभदायक पनि छ ।

    काजु सबै उमेर समूहका मानिसलाई उत्तिकै फाइदा पुर्‍याउने खाद्यपदार्थ हो । यसबाट उच्च मात्रामा प्राप्त हुने प्रोटिन स्वास्थ्यवर्द्धक हुन्छ । काजुमा विशेष गरेर पोटासियमको मात्रा बढी पाइन्छ । त्यसैले चिकित्सकहरुले रक्तचापलाई नियन्त्रित गर्न पनि काजु खान सुझाउने गरेका छन् । यसमा मेग्निसियम, कपर, आइरनलगायत तत्व पनि भरपुर मात्रामा पाइन्छ ।

    काजुको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढेर उच्च रक्तचाप र डायबिटिजलाई नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्छ । चिकित्सकहरुका अनुसार दैनिक दुई या तीन पिस काजु स्वास्थ्यका लागि लाभदायक हुन्छ । हरेक बिहान काजु खाने गर्नाले शरीरमा कोलोस्ट्रलको मात्रा नियमित रहनुका साथै यसबाट पाइने कार्बोहाइड्रेडलगायत तत्वले हड्डी तथा दाँतलाई बलियो पनि बनाउँछ ।

    काजुमा पाइने ‘भिटामिन बी’ को प्रचुरताले दिमागलाई स्वास्थ्य राख्नुका साथै तेज बनाउने चिकित्सकहरु बताउँछन् ।साथै काजु सौन्दर्यका लागि पनि अति उपयोगी खाद्यपदार्थ हो । यसलाई पानीमा भिजाएर पिसेपछि बनेको लेपले अनुहारमा मसाज गर्दा चमक आउने पनि बताइन्छ ।

    काजु महँगो पर्नुका कारण यसलाई छोडाउनुपर्ने हुँदा श्रम पनि खर्च हुने गर्छ । साथै काँचो काजु नखान चिकित्सकहरु सुझाउने गर्छन् । त्यसको कारण हो, काजुमा पाइने उसिरोल नामक टक्सिक केमिकल, जसले शरीरमा पोइजन हुने खतरा पनि हुन्छ ।

    विशेष गरेर काजुले दाँत र हड्डीलाई बलियो बनाउन ठूलो भूमिका खेल्छ । कपाल चमकदार बनाउन, आँखाको दृष्टि तेज गराउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । कब्जियतबाट दूर रहन होस् या गर्भवती महिला र बच्चालाई स्वस्थ राख्न काजुको अहम् भूमिका हुने गर्छ ।

    काजुले शरीरमा ताजगी र स्फुर्ति ल्याएर यौन क्षमतामा पनि वृद्धि गर्ने गर्छ । कमजोर शरीर भएकालाई यौन सम्वन्धमा सक्षम बनाउन काजुले मद्दत गर्छ । साथै काजुले थकान मेटाउन पनि सहयोग गर्छ ।

    काजुमा पाइने तत्वहरु

    विभिन्न अनुसन्धानहरुका अनुसार २८।३५ ग्राम काजुमा १५७ क्यालोरी, ८।५६ ग्राम कार्बोहाइड्रेड, १।६८ ग्राम सुगर, ०।९ ग्राम फाइबर, ५।१७ ग्राम प्रोटिन, १२।४३ ग्राम चिल्लो पदार्थ, १० मिलिग्राम क्याल्सियम, १।२७ मिलिग्राम आइरन, ८३ मिलिग्राम म्याग्निसियम, १६८ मिलिग्राम जिंक पाइन्छ ।

    एक वन्स भनिने साढे २८ ग्राम काजुमा लगभग १८ दाना काजु हुन्छ । यति मात्रै होइन, काजुमा भिटामिन बी र सी पनि प्रशस्त मात्रामा पाइन्छ ।

    काजुबारे तथ्यहरु

    सबैभन्दा पहिला काजु खेती पूर्वी ब्राजिलमा भएको थियो । सन् १९५० को दशकमा पोर्चुगलले यसको निर्यात सुरु गरेको थियो । काजुको दाना हुन्छ, यो क्यासु एप्पलबाट निस्किन्छ । यो काँचो हुँदा हरियो रङको हुन्छ ।

    काजुको रुख वर र पिपलको जत्रै हुन्छ । यसको लम्बाइ मात्रै १४ मिटरसम्म हुन्छ । यो सदावहार हुनुका साथै ठूलो पनि हुन्छ । काजुको फल मात्रै होइन, यसको रुखबाट निस्कने र्‍याल विभिन्न उद्योगहरुमा अनेक प्रयोजनका लागि प्रयोग गरिन्छ । सन् २०१५ मा विश्वभरिमा काजुको उत्पादन ७ लाख ३८ हजार आठ सय ६१ टन थियो ।

    परिकारमा पनि काजु

    कवाव, मिठाइ, खिर र केकमा काजुको मात्रा प्रशस्त मिसाउने गरिन्छ । यसले खानेकुरामा अतिरिक्त स्वाद दिनुको अलवा खानेकुरालाई मुलायम पनि बनाउने गर्छ ।

    साकाहारी परिवारमा पनि काजुको भूमिका महत्वपूर्ण मानिन्छ । चिनियाँ, थाइ परिकारमा पनि काजु अत्यधिक प्रयोग गर्ने गरिन्छ ।

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - २१:१३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij