Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नायिका पूजाले अब कुनै पनि फिल्ममा तोकेर पारिश्रमिक नमाग्ने

नायिका पूजाले अब कुनै पनि फिल्ममा तोकेर पारिश्रमिक नमाग्ने


  • 2.7K
    Shares

    नायिका पूजाले अब कुनै पनि फिल्ममा तोकेर पारिश्रमिक नमाग्ने
    images

    नेपाली फिल्म उद्योगमा बेला-बेला कलाकारको पारिश्रमिकको विषयले निक्कै चर्चा पाउँछ। अहिले पनि अभिनेता पल शाहले बढाएको पारिश्रमिकको उद्योगमा राम्रै चर्चा छ। यही समय अभिनेत्री पूजा शर्माले भने आफ्नो पारिश्रमिकको अंक शून्य बनाएकी छिन्। 

    एउटा फिल्ममा अभिनय गरेको २० देखि २५ लाखसम्म पारिश्रमिक माग गर्ने पूजाले अब भने कुनै पनि फिल्ममा तोकेर पारिश्रमिक नमाग्ने बताएकी छिन्। निर्माताले जति दिन्छन् त्यति पारिश्रमिक लिने पूजाको भनाई छ।

    पूजा अर्की अभिनेत्री रेखा थापाको फिल्ममा काम गर्दैछिन्। रेखासँग फिल्म खेल्ने पक्का भएदेखिनै पूजाको अर्कै खुशियाली छ। फिल्ममा औपचारिक सम्झौता गरेपछि रेखाले पूजालाई पारिश्रकिका बारेमा सोधेकी थिइन्। पूजाले त्यहिबाट आफ्नो पारिश्रमिक नतोक्ने बताएकी हुन्। पूजा भन्छिन्, ‘रेखा दिदीले मलाई तिम्रो सम्झौता रकम कति हो भनेर सोध्नु भएको थियो। मैले तपाई जति दिनिहुन्छ म त्यति नै लिन तयार छु भनेँ।’

    कुनै बेला आफूले चर्को पारिश्रमिक लिने गरेको बताउँदै पूजाले महंगो पारिश्रमिक लिने कलाकार स्टार कलाकार हो भन्ने भ्रमका कारण चर्को मूल्य मागेको बताएकी छिन्। 

    पूजा भन्छिन्, ‘महंगो पारिश्रमिक लिने कलाकारको चर्चा धेरै हुन्थ्यो। त्यसैले, मैले पनि पारिश्रमिक चर्को लिएँ। तर, अहिले आएर मैले यो बिषय वुझेकी छु। कलाकार मोटाउने, निर्माता दुब्लाउने अवस्था आउनु भएन।’

    पूजाले अब कुनैपनि फिल्ममा आफ्नो पारिश्रमिक नतोक्ने बताएकी छिन्। आफू उद्योगमा टिक्नका लागि पहिला उद्योग बिस्तार हुनु पर्ने भएकाले पनि आफूले तोकेर पारिश्रमिक नलिने पूजाको भनाई छ।

     

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १२:३६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij